तड्पिरहेको मन

✍️:- मधु प्रसाद घिमिरे गुल्मी २०७८ मंसिर ८ गते २२:१३ मा प्रकाशित

तिमीले  इन्द्र जाल फिँजायौ

र त म तिमी  तिरै तानिएको  हुँ।

भत्काइए सपनाका धरहराहरू

अनि बनाइए आँसुका पोखरीहरू

जहाँ एउटा  निर्दोष मानव माथि

लगाइए आरोप  र प्रत्यारोपहरू।

अमानवको भिडमा मानव

भेट्टाउन  गाह्रो  भए पछि

त तिमीले  मलाई  आफूतिर  तान्यौ।

र लगायौ कर्तुत अनि काला

मेटाउन  नसकिने  आरोपहरू।

तिम्रो  त्यो  रूपमा  मलाई  आकर्षित  गर्‍यो

अनि म पग्लिए नौनी  पग्लिए जसरी

तिम्रा  ती पुराना  कुराहरू  मनमा

आइरहन्छन्  अनि भन्छन् 

अब छाडिदे ती आशका धरहराहरू।

खुशीमा पनि बेखुसीका समाचारले

घरीघरी  यो  मुटु दुखाइ रहन्छ

अनि आकाशमा  बादल मडारिए जसरी

यो  मनमा मडारि रहन्छन्

तिम्रा  आश र भरोसाका दिपहरू

                 ✍️:- मधु प्रसाद घिमिरे 

गुल्मी 

प्रतिक्रिया