सोमबार, मंसिर १३ २०७८
काठमाडौं १४:३७
वासिङटन डिसी 03:52

अमेरिकामा हत्याको आरोपमा ४३ बर्ष कैद सजाय पाए पछि निर्दोष व्यक्ति कैद मुक्त

इनेप्लिज २०७८ मंसिर ८ गते ११:४८ मा प्रकाशित

 

अमेरिकाको मिजौरी राज्यमा ३ वटा हत्याको आरोपमा ४३ बर्ष कैद सजाय पाएका व्यक्ति निर्दोष प्रमाणित भए पछि कैद मुक्त भएका छन् ।

मिजरिको ज्याक्सन काउन्टी अभियोजक जीन पीटर्स बेकरले एक समाचार विज्ञप्तिमा उक्त कुरा जनाईएको छ ।

वरिष्ठ न्यायाधीश जेम्स वेल्सले गत मङ्गलबार नोभेम्बर २३ का दिन बिहान ६२ वर्षीय केभिन स्ट्रिकल्यान्डलाई दोषी मुक्त गर्नको लागि आफ्नो फैसला सुनाए
मिसौरीको पश्चिमी सुधार केन्द्रमा ४३ वर्ष सेवा गरेका थिए ।

उनलाई उनी एक गणनाको प्रथम श्रेणी र दुई गणनाका दोश्रो श्रेणीको मुद्दामा दोषी ठहरिएपछि ४ दशक कारागारमा बितेएका थिए । उनले आफू संलग्न नभएको दाबी गरेको अपराधको लागि ५० वर्षको आजीवन कारावासको सजाय पाए।

पाङ्ग्रे कुर्सि (ह्वीलचेयर)बाट केभिन स्ट्रिकल्यान्डले गत मंगलबार दिउँसो कैदबाट रिहा भएको केही समयपछि बोलेका थिए । उनले आफ्ना वकिलहरू र वर्षौंदेखि उनको कुरा सुन्ने सबैको लागि आभार व्यक्त गरे र उनले आफ्नो निर्दोषता कायम राखे भनि सिएनएनले समाचार लेखेको छ ।

स्ट्रिकल्याण्ड विरुद्धको सबै आपराधिक गणनाहरू खारेज गरियो। उनको रिहाईले उनको कैदलाई मिसौरी इतिहासमा सबैभन्दा लामो गलत कैद सजाय बनाएको छ ।

“यो दिन आउँछ भन्ने सोचेको थिइनँ।” र “अझै पनि अविश्वास गर्दिन ” स्ट्रिकल्याण्डले भने।

 

प्रतिक्रिया