सोमबार, मंसिर १३ २०७८
काठमाडौं १५:१७
वासिङटन डिसी 04:32

NASeA/ANMA को १६ औ संयूक्त संम्मेलनको अवशर पारेर रक्तदान कार्यक्रम

नातिबाबु  भट्ट २०७८ मंसिर ८ गते १०:०३ मा प्रकाशित
नातिबाबु  भट्ट,नोभेम्बर  २३, २०२१ कोलोराडो,अमेरीका-NASeA/ANMA १६ औं  संयूक्त संम्मेलनको अवशर पारेर कोलोराडोमा संम्पन्न रक्तदान कार्यक्रममा ६ जनाले रक्तदान गरेका छन्।
यहां सकृय संस्थाहरू  ब्लड डोनर्स अफ अमेरीका कोलोराडो च्याप्टर,नेपाली घर,रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपाल,INLS कोलोराडो च्याप्टर,संयूक्त आयोजना तथा  कोलोराडो Vitalant को सहयोगमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
 वेस्टमिनिष्टर स्थित Vitalant सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ६ जनाले रक्तदान गरेका हुन।रक्तदान गर्ने इच्छा धेरै जनाको भएपनि कोरोनाको कारण अग्रीम appointment लिनु पर्ने,रक्तदान केन्द्रमा भिडभाड गर्न नमिल्ने तथा कर्मचारीको अभावको कारणले गर्दा ६ जनामात्र रक्तदान गर्न संभव भएको बताईएको छ।
रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा  टिका पौडेल,श्रीराम लुईटेल,राजु सीटौला, किरण अधिकारी,शुरेस ढुङ्गेल,लुना लुइटेल र रामराज पौडेल  रहेका छन्।
कोलोराडो संगै स्थानिय BDA च्याप्टरहरूको संयोजनमा Ohio, Florida, Indiana,Texas, Mexico & California  मा पनि रक्तदान कार्यक्रमको अयोजना गरिएको BDA कोलोराडो च्याप्टरका संयोजक तथा केन्द्रिय कोषाध्यक्ष श्रीराम लुइटेलले बताएका छन्।

प्रतिक्रिया