आइतबार, माघ ९ २०७८
काठमाडौं १५:३७
वासिङटन डिसी 04:52

मेरील्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन

इनेप्लिज २०७८ मंसिर ७ गते १७:५० मा प्रकाशित

मेरील्याण्डमा गाडीको ठक्करबाट नेपाली महिलाको निधन भएको दुखद समाचार छ। मेरील्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको एक व्यस्त सडकमा एक सवारी साधनले ठक्कर दिदा नेपाली महिलाको मृत्यु भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार उनी पहिलो दिन वासिगटन डिसीमा काम गरेर फर्कने क्रममा उक्त दुखद घटना भएको स्रोतले बतायो ।

नेपाल घर भै भर्खरै बिबाह गरिएको पीडित महिला अफगानी शरणार्थीहरु सॅग अफगानस्तानबाट अमेरिका आएको बुझिएको छ ।

उन्का पति नेपालमै रहेको स्रोतले वताएको छ । उन्लाई मेरील्याण्डमा बस्ने घरवालाले डिसीमा काममा जाने तरीका र रेलमा चढने आदी सिकाएर समेत आएका थिए भने कामबाट फर्केको पहिलो दिन नै दुखद घटना भएको छ ।

श्रोतका अनुसार पीडितका परिवारहरुले डिसी स्थित राजदूतावासमा पनि सम्पर्क गरि रहेको बुझिएको छ ।

दुर्घटना गत सोमबार राती ७ बजे तिर भएको र गाडी चलाउने चालकके खोजी भै रहेको प्रहरीले जनाएका छन ।

पीडीतको पूर्ण बिवरण हामी लिएर आउने छौ। स्थानिय पत्र पत्रिकाले नाम उल्लेख नगरि समाचार प्रकाशित गरेका छन ।

प्रतिक्रिया