पोखरामा संयुक्त विद्यार्थीको आयोजनामा मुल्य वृद्धीको बिरुद्धमा प्रदर्शन भएको छ ।

इनेप्लिज २०७८ मंसिर ७ गते ११:१३ मा प्रकाशित

पोखराको पृथ्वी नारायण क्याम्पसको गेट आगाडी आज संयुक्त विद्यार्थीको आयोजनामा सडकमा दाउरा बालेर खान पकौदै केराको पातमा भात खाएर सांकेतिक प्रदर्शन गरेका हुन्।

पेट्रोलियम पदार्थ ,खाना पकाउने तेल,ग्यास लगाएतका सामाग्रीमा भएको चर्को मुल्य वृद्धीको विरुद्धमा आफुहरुले विबिन्न समयमा आन्दोलन गर्दै आएको भएपनि सरकारले आफुहरुको माग सुनुवाई नगरेपछि थप आन्दोलन गर्न बाध्य भएको नेताहरुले बताएका छन्।

त्यस्तै पोखरामा बिभिन्न बिद्यार्थी संगठनहरुद्वारा बिरोधका कार्यक्रमहरु सार्वजनि गरेका भएका छन्।केहि दिन अगाडी मुल्यबृद्धीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी बिप्लवले नेपाल बन्द पनि गरेको थियो।पछिल्लो समय बजारमा धेरै सामाग्रीमा मुल्य बृद्धी हुदै आएपछि जनाताहरु पनि निरास भएका छन्।

सरकारले बिभिन्न बहानामा मुल्यबृद्धी गरेको भन्दै असन्तुस्ट रहेका पार्टीहरु पनि यति बेला सरकारको आलोचना गरिरहेका छन् भने अब आउने निर्वाचनमा सबैले एक्पाली सोचेर देश र जनताको लागि काम गर्ने नेता चुन्नुपर्ने भनाई पनि व्यक्त गर्दै आएका छन्।

तलको भिडियोमा हेर्नुहोस आज पोखरामा विद्यार्थीको आयोजनामा गरिएको अनौठो सांकेतिक विरोध प्रदर्शन कार्यक्रम -भिडियो सहित

प्रतिक्रिया