सोमबार, मंसिर १३ २०७८
काठमाडौं १५:१७
वासिङटन डिसी 04:32

एएनएचएसले पुन सरसफाई कार्यक्रम गर्ने

इनेप्लिज २०७८ मंसिर ७ गते १:०३ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)ले भर्जिनिया राज्यको मनाससको केही सीमित सडकको सरसफाई गर्दै आइरहेको छ। सँस्थाका अध्यक्ष कमल भट्टराईले सामुदायिक कार्यक्रमको रुपमा बल्सफोर्ड रोड(सडक)को सडलि देखि इसिपिआई बिश्वबिद्यालय वरपरको परिसरमा आउदो आइतबार नोभेम्बर २८ मा पुन सरसफाई गर्न लागेको यो अभियान सन् २०२१को लागि अन्तिम हुने इनेपल्लिज बताए।

साथै भट्टराईले योजना अनुरुप दुई वर्षभित्रमा समाजले ८ पटक सरसफाई गर्ने प्रिन्स विलियम काउन्टिसंग सम्झौता भएको पनि बताए।

कार्यक्रम बिहान ८ बजे देखि १० बजे सम्म गरिने हुनाले डिसि मेट्रो एरियामा रहनुहुने हुने वा फुर्सद मिलाउन सक्नु हुने आमाबुवा,दाजुभाई,दिदिबहिनिहरू यस अभियानमा जोडिन सक्नु हुनेछ भनि आह्वान गरिएको छ।सरसफाई गर्नको लागि आबस्यक सामाग्ग्रि पन्जा,भेस्ट, ट्रासब्याग आदि उपलब्ध गराइने छ।

कार्यक्रम स्थल,मिति र समय :

मिती: आइतबार,२८ नोभेम्वर
समय: बिहान ८ देखि १० बजेसम्म
जम्मा हुने स्थान: NACC भवन परिसर
10501 Balls Ford Rd, Manassas VA 20109

प्रतिक्रिया