‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायांकनका सुरु

इनेप्लिज २०७८ मंसिर ६ गते १०:५९ मा प्रकाशित

काठमाडौँ फिल्म ‘गुञ्जन’ युनिट यतिबेला दुवई पुगेको छ।फिल्मको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन सहित अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको साथमा जम्बो युनिट सहित दुवई पुगेका हुन्।

प्रिमतराज र साराको रोमान्टिक अन्दाजमा फिल्मको गीत दुवईको बिभिन्न आकर्षक लोकेसनमा छायाँकन भइरहेको छ।जसको कोरियोग्राफी कबिराज गहतराजले गरिरहेका छन् भने छायांकन बिदुर पाण्डे छन्।

विगत २ दशकदेखि फिल्मको द्धोन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो।आफूले फिल्म क्षेत्रबाट सिकेको,जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताए।

विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल,हिउँवाला गौतम,कविर खड्का,रोहन शाही,निरुता स्याङताङ,कन्चन चालिसे,सुस्मिता बराल,इभा श्रेष्ठ,अमोद भट्ट,आइपी आचार्य,ऋचा शर्मा,अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ।प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन्।

 

राजु श्रेष्ठको छायाँकन,बिपिन मल्लको सम्पादन,कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौँ,पोखरा,जोमसोममा छायाँकन भएको छ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो।फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ।उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन्।

 

प्रतिक्रिया