सोमबार, मंसिर १३ २०७८
काठमाडौं १५:२३
वासिङटन डिसी 04:38

अमेरिकाको वासिगंटन डिसीमा लक्ष्मी जयन्ति कार्यक्रम सम्पन्न !

इनेप्लिज २०७८ मंसिर ६ गते ३:१९ मा प्रकाशित
अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) वासिंगटन डिसी मेट्रो च्याप्टरको आयोजनामा ११३ औं लक्ष्मी जयन्ति कार्यक्रम सेन्टरभिल,भर्जिनियामा आज सम्पन्न भयो ।
अनेसास डिसी मेट्रो च्याप्टरका सचिव नीलकण्ठ सुवेदीले संचालन गर्नु भएको र शकुन्तला अधिकारले स्वागत मन्त्ब्य ब्यक्त गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष अरूण रूपाखेतीको सभापतित्व थियो भने प्रमुख अतिथी अनेसास विओटीका उपाध्यक्ष पुरू सुबेदी र हृदयकाज शर्माले पानसमा बत्ति बाली उदघाटन गर्नु भएको थियो।सुवेदीले संस्थाको स्थापनाका उद्धेश्यको बारेमा र अतिथी च्याप्टरका पूर्व अध्यक्ष प्रकाश नेपालले संस्थाको विगतका गतिबिधीको बारेमा समिक्षा गर्नु भएको थियो।
विशेष अतिथी प्रा.डा.बिष्णु घिमीरे र महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनी तथा कृतिका बारेमा प्रकाश पार्दै महाकवी प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नु भयो।
सो कार्यक्रममा सम्पूर्ण सहभागीहरूले आफ्नो मन्त्ब्य र कविता समेत प्रस्तुत गर्नु भएको थियो ।
हृदय राज शर्मा , दधिराम ढुँगाना, हरिकृष्ण पुडासैनी, सकुन्तला अधिकारी, लोक कुमारी सुवेदी, जगतमायॉ घिमिरे,दुर्गाभक्त अधिकारी, पुण्य प्रसाद घिमिरे, सन्जु बराल, शोभा नेपाल,लक्ष्मी शर्मा,अजिता रूपाखेती,विश्व थापा,अर्जुन ढुँगेल,सुनिल मणि दाहाल,राम शरण हुमागाई,विकाश अधिकारी, देवकुमारी रूपाखेती सबैले आ-आफ्नो सारगर्भित भनाई सहित कविता वाचन गरेर महाकवि देवकोटा प्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गर्नु भएको थियो।
भेलामा संस्थाका संस्थापक होमनाथ सुवेदीको यस संस्था प्रतिको योगदानको कदर र सम्मान ब्यक्त गर्दै उहॉकी धर्म पत्नि नन्दा देबी सुवेदी को शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो।
तीन घन्टा सम्म चलेको कार्यक्रममा अध्यक्ष रूपाखेतीले कार्यक्रम स्थल र चियापानको समेत ब्यबस्था गर्नु भएको थियो।
यसरी अनेसास डी सी मेट्रो च्याप्टरले भाषा ,कला , साहित्य  संस्कृतिको संरक्षण अनि म्बर्धन गर्ने बिरासतलाई कायम राख्दै आज फेरी अर्को एउटा सार्थक कार्यक्रम समाजमा पस्किएको छ।

 

 

 

प्रतिक्रिया