अमेरिकाको धन्यवाद दिवस

शशी केसी २०७८ मंसिर ५ गते १६:२९ मा प्रकाशित

शशी केसी-घर छोडेर कतै नॅंया ठाउॅं घुम्न जांदा त कति अलमल हुन्छ।अझ देशै छोडेर सात समुन्द्रपारी आउॅंदा सबै नौलो,त्यस्तै हुन्थ्यो शुरू शुरूका दिनहरू अमेरिकामा।अहिले त धेरै भोगेर,हेरेर,सुनेर,जानियो,सिकियो र आफै पनि बिस्तारै यॅहाको चलन अनुसार चलिन्छ।

भर्खर आए कै सालको एकदिनको कुरा हो,छोरालाई स्कुलमा लिन गएको थिएं।एकजना फूलको गुच्छा लिएर आयो र कसैको नाम सोधेर एकजना टिचरलाई दियो।ओहो।त्यो टिचर त दंग परिन।अनि भनिन,“धन्यवाद स्वरूप पक्का मेरो श्रीमानले पठाएको होला।हिजो उसको साथीहरूलाई मैले डिनर पकाएर खुवाएको थिएं” अचम्म,भर्खर नेपालबाटआएको,नेपालमा यसरी खाना पकाए खुवाउॅंदा,कतै,कहिले,कसैलाई,केही पठाएको त के कुरा, धन्यवादसम्म त भनेकोनसुनेको,छक्कै परे मत।

तेस्तै रहॅंदा,बस्दा कतै पसलको ढोका होस वा लिफ्टको ढोका आफुभन्दा पछाडी आउनेको लागि समातेर खोली राखिदिनेर आउनेले” धन्यवाद” भन्ने,तेस्तै कसैलाई केही सहयोग गर्दा “धन्यवाद” भनि हाल्ने अमेरिकनहरूको चलन देख्दै जांदा,आफुले पनि त्यस्तै गर्नु पर्ने रहेछ भन्ने सिकियो।यसरी बिस्तारै यॅंहाको चलनहरू सिक्दै थिएं।

एकदिन छोरो स्कुलबाट छुट्टीको क्यालेन्डर लिएर आयो,नोभेम्वर महिनामा त एकहप्ता “ धन्यवाद दिवस” को छुट्टी छ,लौझन गज्जव लाग्यो,यो अमेरिकामा भन्ने मात्र कॅंहा होर,छुट्टी नै दिएर पो मनाउने रहेछन त ‘धन्यवाद’ भन्दै।अनि खोज्न थाले के,कसरी,किन मनाउने रहेछन त “धन्यवाद दिवस”।

अमेरिकामा प्रत्येक बर्ष नोभेम्वर महिनाको चौथो बिहिवारलाई “धन्यवाद दिवसको दिन” भनेर राष्ट्रिय छुट्टीको दिनको रूपमा मनाइन्छ।इतिहास हेर्दा,पहिलो पटक सन् १६२१ को नोभेम्वरमा भर्खर बेलायतबाट समु्न्द्री माध्यमबाट महिनौ लगाएर आएका बिभिन्न उमेर/ समुहका महिला,पुरूष,केटाकेटीहरू (जो संसारभर जॅंहा पुग्यो त्यहीं बस्ने गरेर हिॅडेका थिए ) र अमेरिकाका बासिन्दा इन्डियन मिलेर,अमेरिकाको म्यासाचुसेट राज्यको प्लेमथ शहरमा ‘शरद ऋतुको बाली भित्र्याउने उत्सव’ को रूपमा मनाइएको दिनलाई नै पहिलो “धन्यवाद दिवसको दिन” भनिन्छ।पछि सरकारले सन् १९४१ मा नोभेम्वरको चौथो बिहिबारलाई “राष्ट्रिय धन्यवाद दिवसको बिदाको दिन”घोषणा गर्यो ।

तेस्तै अर्को किम्वदन्ती पनि सुनिन्छ।यसरी महिनौ समुन्द्री माध्यमबाट अमेरिका आएकाहरू कति बाटैमा मरे,कति बिरामीपरे,खान नपाए।अनि जव तिनीहरू पहिलो पटक अमेरिका छिरे।यॅंहा रहेका अमेरिकन इन्डियनले आफुसॅंग भएका खाने कुराहरू आलुको म्यास पोटेटो,फर्सीको पाई सखरखण्ड उसिनेको,सयाउको एपल सस,पोलेको टर्कीको मासु आदी खान दिएर उनीहरूको ज्यान बचाईदिए।तेसैले उनीहरूलाई धन्यवाद दिदैं “धन्यवादको दिन” को रूपमा मनाईएको हो रे।

अब कुरा गरौं आधुनिक वा अहिलेको समयमा मनाईने यो दिवस।मलाई यॅंहाको धन्यवाद दिवसको छुट्टी कता कता हाम्रो नेपालको दशैंकै छुट्टी जस्तै लाग्छ।मिल्छ पनि धेरै कुराहरू।स्कुल,क्याम्पसहरू १०-१५ दिन छुट्टी हुन्छ दशैंमा जस्तै।तेस्तै यो छुट्टीलाई बिभिन्न राज्यमा रहेका परिवारहरू बुबाआमा वा हजुरबुबाआमाहरूकोमा वा कतै सबैको मिल्ने ठाउॅंमा भेट्ने सल्लाह गरेर मनाउॅंछन्।दशैंमा आफ्नै गाउॅंको घर वा बुबाआमा भएको ठाउॅंमा गए जस्तो।ओहो कॅंहा भेट्ने भन्ने ठुलैपो प्लान हुन्छ त अमेरिकनहरूको।तेस्तै यो दिन खाएको खानाको खुवै चर्चा हुन्छ।कस्ले के मिठो पकाउॅंछ,के के मिठो खाइयो आदी। हामी नेपालीले दशैंमा मिठो मिठो खाएको र नॅंया कपडा, जुत्ताको चर्चा गरे जस्तो।

यो दिनको मुख्य परिकार भनेको ओभनमा बिभिन्न मरमसला हालेर पोलेको/रोस्ट गरेको टर्कीको मासु,आलुलाई उसिनेर मिचेर बनाएको ‘म्यास पोटेटो’,फर्सी वा स्याउको मिठो ’एप्पल/पम्किन पाई’ उसिनेको हरियो सिमी’ ग्रिन बिन्स’,उसिनेकोसखरखण्ड,क्रानबेरी सस,ह्याम,घर मै बनाएको ताजा बिभिन्न पाउरोटीहरू।

अमेरिकन त सबै आ-आफ्ना आफन्तको गएर मनाउने भए।शुरू शुरूका दिनहरूमा,हामी विदेशबाट आएकाहरू त तेसैअलपत्र जस्तो हुन्थ्यौं,दशैंको छुट्टीमा बिभिन्न कारणले घर जान नपाएर अलपत्र परेकाहरू जस्तो।काठमाडौं,दशैंमा सबै घर गएर बाटो खाली भए जस्तो, यहां पनि धन्यवादको दिन त सबै पसल,रेष्टुरेन्ट,सबै बन्द हुने,खाली,शुन्य,चकमन्न। पछि पछि बिस्तारै,साथीभाई,इष्टमित्र वा कतै छुट्टी मै परिवार घुम्न गएर मनाउन थाल्यौं।रमाइलो प्रशंग,स्कुलमा साथीहरूसंग कुरा भएर होला,हाम्रा केटाकेटी सानामा,धन्यवाद दिवसमा नेपाली खाना नपकाउनु भन्थे।टर्की किनेर बेक गर्नुपर्छ रे,अव टर्की हुने रहेछ सानो तिनो बोकै जत्रो,६-७ जनालाई पुग्ने,एकपटक त कुखुरा बेक गरेरै पकायौं पनि।

अर्को रमाइलो धन्यवाद दिवसको चाहीं भोलीपट्ट शुक्रवारको,त्यो दिनलाई “कालो शुक्रवार वा ब्ल्याक फ्राइ डे” भनिन्छ।त्यो दिन जताततै भारी मात्रामा छुट हुन्छ।आफ्नो व्यापार बढाउन बिभिन्न पसलले पहिलो १०-१५ टिभी,फ्रिज,ओभनआदीमा धेरै छुट राख्ने गर्छन।ओहो,खै यहांका मान्छे किन तेती पागलै जस्तो हुने हो सामान लिन।बिहिवार बेलुकै देखि लाइन लागेर बस्छन्।शुरू  शुरूमा त ओहो जताततै छुटै छुट जस्तै लाग्थियो।अहिले त बुझियो अमेरिकामा बर्षै भरि छुट,कहिले क्रिसमस,कहिले भ्यालेन्टाइन,कहिले तेसै सॅधै किनमेल गर्ने ग्राहकलाई स्पेशल छुट रे।पैसा भए जहिले किने पनि हुने रहेछ।

अन्तमा आउॅंदै गरेको अमेरिकन धन्यवाद दिवसको सबैलाई शुभकामना,राम्रा कुरा सिक्दै जाने,नराम्रा त्याग्दै,किन हामी पनि यो महत्वपुर्ण शव्द “ धन्यवाद” भन्ने बानी नबसाल्ने !!

-यो लेख पुन प्रकाशित गरिएको ।

 

प्रतिक्रिया