आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:२९
वासिङटन डिसी 08:44

सवारी दुर्घटनामा गम्भीर घाइते भएका चिकित्सक दीपक खरेलको निधन ,परिवारको सहयोगार्थ गो फन्ड

इनेप्लिज २०७८ मंसिर ३ गते ०:२२ मा प्रकाशित

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,

नेपालमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका चिकित्सक दीपक खरेलको निधन भएको छ। उपचारको क्रममा बिहीबार बिहान उनको राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको कपिलवस्तु सामुदायिक अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोखरेलले जानकारी दिए।

निमित्त चिकित्सा अधिक्षक (मेडिकल सुपरिटेण्डेन्ट )चिकित्सक प्रमोद जोशीले चिकित्सक खरेलकाे बिहिबार विहान ८ बजेर २३ मिनेट जाँदा निधन भएको जानकारी दिए।

२७ बर्षिय स्व खरेल सामुदायिक अस्पतालमा चिकित्सा अधिकृतको रूपमा कार्यरत थिए। पोखरेलका अनुसार चिकित्सक खरेल चढेको भटभटे (मोटरसाइकल )भाइटीकाको राति दुर्घटनामा परेको थियो।

उनि अस्पतालमा आफ्नो काम सकेर दिउँसो दिदी-बहिनीबाट टीका लगाउन घर गएका थिए। उनि अर्का व्यक्तिसंग पछाडी बसेर भटभटेमा गएका थिए तर हाक्ने चालकको अवस्था सामान्य रहेको जनाइएको छ ।

चिकित्सक खरेल गत कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि काठमाडौंको काठमाडौंको मेडिसिटी अस्पतालमा लैजान सिफारिस गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई ट्रमा सेन्टरमा सिफारिस गरिएको थियो ।

स्व खरेल कोरोनाभाइरसको महामारी सुरू भएपछि कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्न थालेका थिए। स्व खरेलले जोरपाटीको नेपाल मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए।

सोही महाबिद्यालय(कलेज)बाट एमबिबिएस सकेकी उनि भन्दा वरिष्ठ( सिनियर )चिकित्सक एन्जिला थापाले खरेलको उपचारमा सघाउन र पारिवारिक आर्थिक स्थिति देखेर भर्जिनियामा रहेकी थापाले गोफन्डमीमा खाता खोलेकी छिन ।

चिकित्सक थापा अहिले भर्जिनियामा छिन् । गोफन्डमीमा स्व खरेलको खर्च जुटाउन १० हजार लक्ष्य राखिएकोमा नोभेम्बर १८ बिहीबार साँझसम्म २ हजार ६ सय ३६ डलर रकम संकलन भएको छ । गोफण्डमिमा संचालन टोलीमा एन्जिला थापा ,कृष्ण बर्तौला तथा चन्द्र लामा रहेका छन् ।

उनको निधनपछि संकलन पछि अब उक्त रकम खरेलका आमाबुवालाई दिने चिकित्सक थापाले बताइन्।

एन्जिलाले ईनेप्लिजसंग कुरा गर्दै एक सामान्य परिवारका स्व खरेलको आर्थिक स्थिति निकै दयनीय छ । यो अवस्थामा झन् उनका परिवार/बुवाआमालाई धेरै आर्थिक बोझ परेको छ । चिकित्सक बन्न एउटा निजी महाबिद्यालय(कलेज)मा पढ्न ४०-५० लाख तिरेर पढेको छोराको निधनले अर्को आर्थिक समस्या निम्त्याएको छ ,उनले भनिन ।

ऋण लिएर पढ्नु पर्ने र ऋण लिएको सबै जिम्मेबारी बुवाआमाको थाप्लोमा आउने भएकोले गो फन्डमीमा स्व खरेलका मातापितालाई केही आर्थिक सहयोग होस् भन्ने उनले बताइन । र ,सबैलाई यस आपत बिपत र दुखद अवस्थामा सक्ने सहयोगको लागि समेत आह्वान गरेकी छिन् ।

गो फण्डमा सहयोग गर्न यहाँ थिच्नु होला :

https://www.gofundme.com/f/saveourdoctorsavedeepakkharel?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

प्रतिक्रिया