साँझपख लिएर आए गायक बिपन राई (भिडियोसहित)

इनेप्लिज २०७८ मंसिर २ गते २२:३७ मा प्रकाशित

अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक भएको छ ।

नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो ।

उक्त सार्वजनिकी कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख तथा करातेका अन्तराष्ट्रिय रेफ्रि पर्खि खालिङ राई ,आदिवासी जनजाती महासंघका पूर्वमहासचिव दिपेश लिम्बुलगायतले राईको सांगीतिक यात्रा अझ सफलताको कामना गर्दै बधाई दिएका थिए ।

त्यसैगरी कलाकार संघका प्रमुख संरक्षक अभे ढुंगेल तथा वरिष्ठ उपाध्यक्ष बसन्ती राईको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा ओम कर्माचार्यले उपस्थित सबैलाई स्वागत गरेका थिए भने बिपन राईले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया