बारको आन्दोलनमा प्रहरी दमन,अध्यक्ष श्रेष्ठ सहित दुई जना घाइते

इनेप्लिज २०७८ मंसिर २ गते ११:४१ मा प्रकाशित
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको आन्दोलन चर्कारहेको नेपाल बार एसोशिएसनको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै करिब चार साता देखी जारी आन्दोलनमा प्रहरीको दमनमा परि दुई जना घाइते भएका छन्।

हिजोअस्ति प्रधानन्यायाधीश राणा छिर्ने सर्वोच्चको वैकल्पिक गेटमा अवरोध गर्न बसेका वकिलहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको छ।सो क्रममा प्रहरीको लाठ्ठी लागेर अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ।

प्रहरीको लाठी लागेर घाइते भएका बारका अध्यक्ष श्रेष्ठलाई उपचारको लागि बासबारीस्थित न्यूरो अस्पताल लगिएको नेपाल बारले जनाएको छ।

प्रतिक्रिया