गायिका एलिना चौहान को ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

इनेप्लिज २०७८ कार्तिक ३० गते १०:१५ मा प्रकाशित

काठमाडौं :युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर ’ गीतको भिडियो सार्वजनिक भएको छ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ।दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ।प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन।

दिपेश ठकुनाको छायाँकन,लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ।‘पहिलो नम्वर ’गीतको भिडियोमा अजय कुमाल , कोपिला सिंह र दिनेश कुमालको फिचरिङ रहेको छ।

‘पहिलो नम्वर ’ भिडियाको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया