मेक्सिकोमा बन्दुकधारीले एकै परिवारका ५ जनाको हत्या ,८ महिनाको बच्चा घाइते

इनेप्लिज २०७८ कार्तिक २९ गते १२:२९ मा प्रकाशित

मेक्सिकोमा बन्दुकधारीले एकै परिवारका ५ जनाको हत्या गरेका छन् भने जसमा ८ महिनाको बच्चा घाइते भएको मेक्सिकोका प्रहरीले जनाएका छन् । मेक्सिकोको उत्तर मध्य क्षेत्रमा उक्त घटना भाटको प्रहरीले आइतबार जानाकारी दिएका छन् ।

गुआनाजुआटो राज्यका अभियोजकहरूका अनुसार हत्या शनिबार अपासियो एल ग्रान्डे सहरमा भएको थियो, जहाँ लागूपदार्थ गिरोहहरू बीच इलाका सम्बन्धि लडाइँ लडिरहेका थिए।

तीन जना महिला, एक पुरुष र बालक सबै आफन्त भएको अनुमान गरिएको छ भने बन्दुकको गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।

हातमा गोली लागेको शिशुलाई उपचारका लागि अस्पताल लगिएको समाचार एबिसीन्युजले प्रकाशित गरेको छ । घरमा लागूऔषध गिरोहको सन्दर्भमा सन्देश सहितको हस्तलिखित चिन्ह फेला परेको छ।

नजिकैको सहर सिलाओमा प्रहरीले गत आइतबार तीन जना पुरुष र एक महिलालाई अर्को घरमा गोली हानेर हत्या गरेको फेला पारेको बताएको छ।

प्रतिक्रिया