सोमबार, मंसिर १३ २०७८
काठमाडौं १४:११
वासिङटन डिसी 03:26

डिसी क्षेत्रमा एवरेस्ट लायन्स फुटबल क्लब (इएलएफसि)स्थापना

इनेप्लिज २०७८ कार्तिक २८ गते २१:५८ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा एवरेस्ट लायन्स फुटबल क्लब (इएलएफसि)को स्थापना गरिएको छ । उक्त भकुण्डो टोली एवरेस्ट लायन्स फ्रेन्डशीप एसोसिएसन अन्तरगत स्थापना भएको हो ।

यस क्षेत्रमा क्रिकेट खेलमा राम्रो प्रदर्शन गर्दै आएकोले भकुण्डो टोली (सकर)टोली पनि निर्माण गरेको हो । यस क्षेत्रमा भकुण्डो (सकर)खेल्न चाहनु हुने जो सुकै पनि सामाजिक संजाल इन्सटा ग्राम र फेसबुक मार्फत प्रवेश गर्न सकिने संस्थापन पक्षले जनाएका छन् ।

जसको भबिस्यको योजनाहरुमा लिग प्रतियोगिता ,अन्तरराज्य प्रतियोगिता र नेपाली युवा खेलकुदमा संलग्न हुनु रहेको जनाएका छन् ।

जसको लागि १६ बर्ष देखि ४० वर्षा सम्मको उमेर तोकिएको छ । हाल उक्त फुटबल(सकर)टोलीले राम्रो प्रायोजन पनि प्राप्त गरि रहेको उल्लेख गरेको छ । प्रायोजन गर्नेहरुमा घर खरिद बिक्रि अभिकर्ता( रियलटर )बिशाल कार्की ,ऋण अधिकारी भारत सुबेदी,छुडूस्टोर डटकम ,क्लासिक डायमण्ड एण्ड ज्वलरी तथा स्टेट फर्म अभिकर्ता(एजेन्ट)निर्मल आत्रेयहरु रहेका छन् ।

आगामी दिनमा इएलएफएले एवरेस्ट लायन्स महिला कल्ब र एवेरस्ट लायन्स युवा क्लबहरु पनि खोल्ने योजना राखेको बताएका छन ।

एवरेस्ट लायन्स फ्रेन्डशीप एसोसिएसनले बिगतमा नेपाली मेलाको सफल आयोजना गरेको थियो । भबिश्यमा डिसी महानगर क्षेत्रका नेपाली युवाहरुलाई लक्षित गरेर त्यस्तै कार्यक्रमहरु पनि गर्ने योजना रहेको इएलएसएका महासचिव अभिजित राईले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया