आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:४८
वासिङटन डिसी 09:03

नासा सम्मेलनमा कविता प्रतियोगिता,रक्तदान,कन्सर्ट,सहित नेपाल फ़ोरम हुने !

इनेप्लिज २०७८ कार्तिक २८ गते ११:१५ मा प्रकाशित

नेपालिज एसोसिएशन ईन साउथईष्ट अमेरिका ( NASeA ) नासा र एसोसिएशन अफ नेपालिज ईन मिडवेष्ट अमेरिका ( ANMA ) आन्माको १६ औं संयूक्त सम्मेलनमा रक्तदान सहित नेपाल फोरममा वहस हुने भएको छ।नोभेम्बर २१ तारिकमा हुने सम्मेलनमा ब्लड डोनर्स एशोशिएसन को आयोजनामा रक्तदान कार्यक्रमतय भएको छ।

 

त्यस्तै विभिन्न संघसंस्थाको सहभागितामा नेपाल फोरमा वहस हुने कार्यक्रमतय भएको नासाका अध्यक्ष विनय अर्यालले जानकारी दिनुभयो।त्यस्तै कार्यक्रममा अन्तर्राष्ट्रीय साहित्य समाजको आयोजनामा कविता प्रतियोगिता,निवन्ध प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम समेत तय भएको छ।

 

 

त्यस्तै भ्वाइस अफ नेपालका २०२१ का विजेता किरण गजमेरले सांस्कृतिक प्रस्तुती दिने भएका छन्।नासा र आन्माको १६ औं सम्मेलनमा उनको विशेष प्रस्तुती रहने छ।नोभेम्बर २१ तारिकमा फ़्लोरिडा राज्यको सुन्दर पर्यटकिय सहर ओर्ल्याण्डोमा नासा र आन्माको सम्मेलन हुँदैछ।सम्मेलनका किरणका साथै अन्य चर्चित र स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहनेछ।नासा र आन्माको संयुक्त सम्मेलनले संस्थाको नयाँ नेतृत्व समेत चयन गर्नेछ।

 

प्रतिक्रिया