सरकार

✍️:-मनिराम कडेल बाग्लुङ २०७८ कार्तिक २७ गते १३:१४ मा प्रकाशित

यो सरकार देख्दैन अखबार
बलात्कार गरिएका नानीहरूको
पढ्दैन समाचार
खोज्ने हरूले सडक-सडकमा
खोजिरहन्छन् अधिकार
न्यायालयमा न्यायको तराजु लिएर
उभिएकी न्यायकी देबीको
न्यायाधीशहरूबाटै हुन्छ बलात्कर
अनि को संग गर्नु पुकार
छैन तरबार बोकेको पहरेदार
रित्तो दरबारको हाहाकार
कालो रातको जयजयकार
गरिबहरू बेघरबारको बेघरबार
मारिए भएका आसलाग्दा अनुहार
छन् मार्ने र मराउनेहरूकै दरबार
यिनै हुन् आजका सरकार।

✍️:-मनिराम कडेल
बाग्लुङ

प्रतिक्रिया