अष्ट्रेलियाबाट बाहिरिएको सुनिलको नयाँ गीतमा करण र हिलारी

इनेप्लिज २०७८ कार्तिक २६ गते २३:०३ मा प्रकाशित

काठमाडौँ।लोकप्रिय लोकपप गायक सुनिल गिरीको हाम्रो सम्बन्ध बोलको गीतको भिडियो सार्वजनिक भएको छ।गायक गिरीकै संगीत सृजना रहेको गीतका शब्द हिमांशु रायमाझी (गोधुली)को शब्द शृजना समावेश छन्।सार्वजनिक गीतको एरेन्ज रोमन बज्रचार्यले गरेका हुन्।

अष्ट्रेलियाको ब्रिसबेन,गोलकोस्ट,लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ।

त्यस्तै भिडियोमा करण र हिलारीलाई बिक्रम भण्डारी, स्माइली श्रेष्ठ,किशोरी विष्टले अभिनयमा साथ दिएका छन्।एउटा संगीत प्रेमी गितारिष्टको प्रेम कथालाई निर्देशक सुदिप विष्टले कलात्मक शैलीमा तयार पारेका छन्।

निर्देशक विष्टले नै उक्त भिडियोको छायांकन,सम्पादन,कलरिगं गरेका छन्।किरण मगरको कोरियोग्राफी रहेको भिडियोमा कञ्चन कार्कीको मेकअप रहेको छ।भिडियो गायक गिरीको अफिसियल च्यानलबाट बजारमा आएको हो।

प्रतिक्रिया