कार्यक्रम बाट दीपालाई निकालेका जितुसंग दिपकले लिएकै हुन् त ब,दला ? जितु र दिपकले दिए एक अर्कालाई यस्तो ज,वाफ (भिडियो सहित)

इनेप्लिज २०७८ कार्तिक २५ गते १५:१९ मा प्रकाशित

टिभी सो मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएसँगै छक्का पञ्जा सिरिजबाट जितु नेपाल बाहिरिने गाइँगुइँ चल्यो । यसैसाता हलमा रिलिज भएको ‘छक्कापञ्जा-४’ टीजरमा समेत जितु नदेखिएपछि उक्त आशंकामा बल मिलेको छ ।

व्यक्तिगतरुपमा सम्बन्ध नबिग्रिएको बताउने गरेपनि व्यवसायिकरुपमा भने दीपकराज गिरीको टीम र जितु नेपालबीच व्यवसायिक सम्बन्ध अहिले छैन । जितु छक्कापञ्जा टीमबाट बाहिरिएपछि निर्मल शर्माको रि-इन्ट्री भएको अनुमान गरिएको छ ।

टीजरमा जितु नदेखिएपछि दर्शकले समेत उनी सिरिजमा नआउने हुन् कि भनेर अड्कलबाजी गरिरहेका छन् । यो अनुमान किन पनि सहि छ भने स्वयम स्क्रिप्ट लेखक, निर्माता एवं अभिनेता गिरीले समेत छक्कापञ्जा-४ मा जितुको संलग्नता हुने कुरा निश्चित नभएको बताए ।

‘अहिलेलाई उहाँको निरन्तरबारे निश्चित छैन । उहाँ हुन पनि सक्नुहुन्छ र नहुन पनि । पुुरानै कथाले निरन्तरता पायो भने उहाँ हुनुहुनेछ र नयाँ कथामा आएमा उहाँको भूमिका हुँदैन । हामी स्क्रिप्टमा बसिरहेका छौं’ दीपकले भने । जितुले भने, ‘मैले छक्का पञ्जा ४’ को टिजर देखाइएको बारे सुनेँ मात्र, हेर्न पाएको छैन। फिल्म आगामी दसैंतिर सार्वजनिक हुने भनिएको छ। अहिलेदेखि मनमुटाव बढेको भनेर हल्ला गरिनु ठिक होइन।’

उनले अहिले फिल्म बनिनसकेकाले आफ्नो भूमिका हुने कि नहुने भन्नेबारे केही निर्णय भइनसकेको बताए। टिजरप्रति जितुले चित्त दुखाएको भनेर समाचारसमेत आएका छन्। यसबारे उनले भने, ‘म ठिक्कको कलाकार थिएँ, मलाई उहाँहरूले ठूलो अवसर दिनुभयो। नायकै बनाइदिनुभयो जसबाट मैले अवार्डहरू पनि पाएँ। कसैले दिउन्जेल खुसी र नदिँदैमा दुःखी हुनु हुँदैन। छक्का पञ्जा ४ मा मेरो कुनै भूमिका भए पनि, नभए पनि चित्त दुखाउने र सानो मन गर्नुपर्ने केही छैन।’

दीपाश्रीले कमेडी क्लब छाड्ने सन्दर्भमा केही हतारो भएको स्विकार्दै उनले भने, ‘मैले गरेको प्रोजेक्टमा दीपाजी नअटाएजस्तै म पनि उहाँहरूले गर्ने प्रोजेक्टमा अटाइनँ भने त्यो स्वाभाविक हो।’

उनले अगाडि भने, ‘अघि भर्खर पनि दीपकजीसँग कुरा भएको थियो। हामी कतिपय ठाउँमा सँगै पनि हुन्छौं। तर व्यावसायिक रूपमा कार्यकारी निर्माता रहने पहिलाजस्तो अवस्था नभएकै हो। तर त्यो नहुँदैमा मैले चित्त दुखाउने कुरा हुँदैन।’ । अभिनेता एवं निर्माताको रुपमा पुनः छक्कापञ्जा सिरिज ज्वाइन गरेका शर्माले पनि जितुको बारेमा आफूलाई थाहा नभएको बताए ।

प्रतिक्रिया