टोरोन्टो,क्यानेडियन नेवाः गुथि ले नेपाल सम्बत ११४२ को उपलक्षमा शुभकामना आदान प्रदानको साथै म्ह पुजा सम्बन्धि प्रबचन कार्यक्रम जूम माध्यम बाट सम्पन्न गरेको छ।कार्यक्रमको उदघाटन गर्नु हुदै गुथिका अध्यक्ष प्रकाश प्रधानले नेपाल सम्बत ११४२ र “स्वन्ति नखः”को उपलक्षमा सम्पूर्ण महानुभाबहरुमा सुख,समृद्दि तथा प्रगतिको लागि शुभकामना ब्यक्त गर्नु भयो। त्यस्को लगतै उपस्थित सबैले “न्हूदँया भिन्तुना” भनि तीन पटक बाचन गरेका थिए।उपस्थित महानुभाबहरुलाई स्वागत गर्नु हुदै गुथिका महासचिब बिमल श्रेष्ठले नेपाल सम्बत एबम नेवाः संस्कृतिको बृहत प्रयोगकोलागि यसको महत्व सबैलाई बुझाउन मूलधारमा पनि कार्यक्रम गर्नुपर्ने आबश्यकता माथि जोड दिनु भयो।त्यसपछि रन्जना प्रधान सैन्जु तथा अमर सैन्जु दम्पतिले सिटार,मुर्चुङ्गा तथा घन्टामा देउसि भैलो धून प्रस्तुत गर्नु भयो।
शुभकामना आदान प्रदानको क्रममा गुथिका कोषाध्यक्ष शरण श्रेष्ठ, सामाजिक अभियन्ता ज्योति बैद्य तथा गुथिका आजिबन सदश्य लक्ष्मण मुनि श्रेष्ठले नेपाल सम्बत ११४२ र “स्वन्ति नखः”को उपलक्षमा सम्पूर्ण महानुभाबहरुमा हार्दिक शुभकामन ब्यक्त गर्नु भयो भने कार्यसमिति सदश्य डा.कृष्ण कायस्ठले कबितात्मक शैलीमा शुभकामना ब्यक्त गर्नु भयो।ततपश्चात गुथिका कार्यसमिति सदश्य डा.प्रज्वल प्रधानले नेपाल तथा क्यानडामा मनाइएका नेपाल सम्बत सम्बन्धि कार्यक्रम एबम म्हपुजा सम्बन्धि बिधिको बृतचित्रको माध्यमबाट प्रस्तुत गर्नु भयो।
नेपाल सम्बत बारे बोल्नु हुन्दै गुथिका उपाध्यक्ष उत्तम माकजुले शंखधर साख्वालले आफ्नो ब्यक्तिगत जीबन भन्दा स्थानिय जनताको सामुहिक हीतलाई ध्यानमा राखेर नेपाल सम्बत प्रतिपादन गरिएकोले सामुहिक हीतनै सर्बोपरी हो भन्ने सन्देश दिएको बताउनु हुन्दै बिभिन्न सम्बत मध्य मुलुकको नाममा शुरु गरिएको सम्बतमा नेपाल सम्बत मात्रै भएको जनाउनु भयो।म्ह पुजा सम्बन्धमा बोल्नु हुन्दै उहाँले आफ्नो आत्मा लाई पुजा गरि आफ्नो संस्कृति मनाउनेमा बिस्वमा नेवाः समुदाय मात्र होला भन्नु भयो।नेवाः सस्कृतिका सबै पर्ब जात्राहरुको बिज्ञान सम्मत कारण रहेको तर सो कारणहरुलाई हामिले युवापुस्तालाई बुझाउन सकेमा मात्र नेवाः संस्कृतिको निरन्तरता रहने छ भनि उहाँले भन्नु भयो।
कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा प्रकाश प्रधान,बिमल श्रेष्ठ,सुमन राजबन्सी,डा.प्रज्वल प्रधान,नरेश ताम्राकार,रन्जना तथा अमर सैन्जु दम्पति, डा.उद्दब श्रेष्ठ,एलिना श्रेष्ठ (अमेरिका) लक्ष्मण मुनि श्रेष्ठ,बिनोद श्रेष्ठ,उत्तम माकजु लगायतले नेवाः तथा नेपाली गीत र सांगितिक धून प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्त्यमा गुथिका सचिब सुमन राजबन्सीले उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो भने कार्यक्रमको संचालन गुथिका जन सम्पर्क संयोजक मीलि राजभण्डारीले गर्नु भएको थियो।कोबिद-१९ को कारणले गर्दा गुथिले सो कार्यक्रम जूम माध्यम बाट गरिएको थियो।
प्रतिक्रिया