उर्लाबारी।सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर १७ वर्षको कलिलो उमेरमा प्रेम बिबाहपछि घरजम सुरु गरेकी ३१ वर्षीया कुमारी खत्री यतिबेला आफ्नै श्रीमानबाट असुरक्षित हुनु भएको छ।
श्रीमानले कुट्ने,पिट्ने र मार्ने सम्मको धम्की दिएपछि उदयपुरको त्रियुगा ८ रातेखोला घर भएकी कुमारी अहिले मोरङको रतुवामाई ८ इटहरामा आफ्नी दिदीको घरमा शरण लिएर बसि रहेकी छिन।श्रीमान् मात्र होइन,सासु-ससुरा नन्द-आमाजु र देवर समेत आफ्नो पक्षमा नभएपछि उनि ज्यान जोगाउन गत कात्तिक ११ गते इटहरा आइपुगेकी हुन।कुमारीका १२ र ८ वर्षका दुई छोराहरू छन्।
कुमारी आफ्ना पति सिद्धिकुमार खड्कासँग ५ वर्ष अघि देखि अलग्गै बस्दै आएकि थिइन।श्रीमानले बर्सेनि श्रीमती फेरेको थाहा पाएपछि कुमारी घरसल्लाह मै एक्लै बस्न थालेकि थिईन।बैदेशिक रोजगारका लागि कतार जाउन्जेल खड्का दम्पत्तिको घरजम गज्जब चलेको थियो।तर,खड्का कतारबाट फर्केर मलेशिया गएपछि कुमारीका दुखका दिन सुरु भए।कुमारी भन्छिन-मलेसिया मै राई थरकी केटीसँग प्रेम बसेछ।त्यसपछि म र छोराहरू प्रति वेवास्था गर्न थाल्नुभयो । परिवारका सदस्यले समेत छोरो मान्छेले जति वटी ल्याए पनि तलाई राम्रो गर्यो भने भै गयो नि , भनेर सल्लाह दिए । मैले पनि आफू भन्दा ठूलाको कुरा होला भनेर माने।
राई थरकी ति महिलाले पनि विष खाएर आत्महत्या गरिन।उनको काज किरिया पूर्वीय परम्परा अनुसार मेरै घरमा भयो।कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायो भनेर म पनि खुसी थिए- कुमारीले भनिन।तर,श्रीमानले मगर थरकी अर्की आइमाई राखेको रहेछ।दुई जना महिला बीच खटपट भएपछि राई थरकी महिलालाई विष खुवाएर मारेको भन्ने हल्ला सुनें।कुमारीले भनिन- श्रीमानलाई केही दिन प्रहरीले पक्राउ गरेर छोडेको गाउँमै हल्ला भयो।
महिला भएकोले सहनु सबै सहेकै थिएँ।तर,सासु-ससुरा,देवर र नन्द-आमाजुले दशैंको टीकाको दिन श्रीमानलाई तेस्री श्रीमती सहित घर भित्त्राउने स्वीकृति दिएपछि कुमारीले संसार सबै अध्यारो देखिन। आफ्नै भनाउँदाले दुईभाइ छोरा र आफूलाई घर निकाल्ने तानावाना बुनेको बुझेपछि उनले प्रहरी र स्थानीय प्रशासनमा उजुरी गरिन ।प्रहरी र स्थानीय प्रशासनले समेत सबैले मिलेर बस्नु भनेपछि कुमारी माथि लगातार आक्रमण हुन थाल्यो।न्याय मरेपछि हरेक दिन कुटाई खानु पर्ने,सासुले नै अर्को लोग्ने खोजेर जा भन्दै गाली गर्न थाल्नुभयो।श्रीमान कुट्ने,सासु कुटुने,आफन्त जति सबै बिरानो भएपछि कुमारीले कात्तिक ११ गते घर छोडिन।उनले भनि -उदयपुरमा मेरो कुरा कसैले सुनेनन्।न पुलिसमा उजुरी लिइदिए।न समाजले मेरो पक्षमा बोलिदियो।महिला अधिकारकर्मीले पनि मिलेर बस्न सुझाए।त्यसैले न्याय खोज्दै दिदीको घरमा आएकी हुँ।
यतिबेला कुमारीको आँखामा आँशु सकिएको छ।निद्रा हराएको छ।आकासको जुन झार्ने सपना देखाएर बिहे गरेको केटालेनै मार्ने,काट्ने र कुट्ने गरेपछि ज्यान जोगाएर उहाँ मोरङ आउनु भएको छ।उनले भनिन- के अब मैले न्याय पाउँदिन त ?
https://www.youtube.com/watch?v=VQHzGkMN5Ww&t=25s
प्रतिक्रिया