पोखरा–पोखरा वाग्लुङ्ग राजमार्गको प्रस्र्याङ्गस्थित गणतन्त्रचोकको जेव्राक्रस खण्डमा सवारी साधनको ठक्करवाट १४ बर्षिय शुभम खनालको मृत्यु भएको छ।
विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच वजेतिर बाटो काट्नेक्रममा शुभमलाई सवारी साधनले ठक्कर दिई फरार बनेको थियो।
राजमार्गको पूर्वतर्फको घर भएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठक्कर दिएर भागेको स्थानीयवासीले वताए ।ठक्करवाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी अस्पतालमा लगेका थिए।
नाम नखुलेको सवारीको ठक्करवाट टाउकोमा गम्भिर चोट लागेका शुभमलाई शुरुमा सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक र त्यहाँवाट फेरि अर्को अस्पतालमा रिफर गरिदिएको थियो।घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले सबैले त्यतैतिर हेरेर बसेकोले सडकमा घटना हुँदा कसैले नदेखेका स्थानीयवासीले वताए।
प्रतिक्रिया