डा. प्रत्युष श्रेष्ठको स्वर, शब्द र संगीतमा ‘अल्लारे मन’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ कार्तिक २२ गते ११:०६ मा प्रकाशित

काठमाडौं– गायक प्रत्युष श्रेष्ठले आफ्नो डेब्यु म्युजिक भिडियो ‘अल्लारे मन’ सार्वजनिक गरेका छन्।

यस गीतमा स्वर,शब्द र संगीत स्वयम् श्रेष्ठको रहेको छ।गीतमा सुजिल कर्माचार्यको संगीत संयोजन रहेको छ।म्युजिक भिडियोमा विपना थापा र विकाश जोशी बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।साथै भिडियोमा एन्जिला रजक,रिजन श्रेष्ठ,पलिस्था श्रेष्ठ र आयुष श्रेष्ठको समेत भिडियोमा अभिनय रहेको छ।

जावेद खानले छायांकन गरेको भिडियोलाई उज्ज्वल जोशीले सम्पादन गरेका हुन्।छबि लाल तामाङ ( शिशिर ) को निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

पेशाले न्युरोसर्जन रहेका श्रेष्ठ गीत संगीतमा निकै रुचि राख्छन्। धनकुटा पहाडमा आफ्नो बाल्यकाल बिताएका श्रेष्ठले एमबिबिएसको तयारी गर्दै गर्दा यो गीतको सिर्जना गरेका थिए।साथी भाई र परिवारको हौसलाले यो गीतलाई भिडियोको रुपमा प्रस्तुत गरेको उनि बताउछन्।म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रतिक्रिया