काठमान्डौ।तामाङ समुदायको इतिहास,धर्म,संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न काठमाण्डौ १६ नागार्जुन चोकमा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने भएको छ।साहित्यकार तथा समाजसेवी दिलिप तामाङ र उहाँको सम्पुर्ण परिवारको पहलामा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने भएको छ।
सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्यान र अनुसन्धान गर्न सजिलो होस भन्ने सोचले तामाङहरूको लेख र अनुसन्धान सङ्कलन गरी अभिलेख राख्ने सोचले अभियान सुरू गरेको साहित्यकार योञ्जनले बताउनुभयो।तामाङ समुदाय भित्रको अहिलेसम्म ब्यवस्थीत अभिलेखीकरण नभएको हुदाँ तामाङ जातिको इतिहास,संस्कार,सस्कृति,लगायत सवै कुरा प्रमाणको अभावमा अवको पिढीले बिर्सदै गएको हुदाँ र राज्यको कुनै त्यस्तो अभिलेख पनि यी जाति विषेश नभएको हुदाँ यो महान कार्यको थालनी गर्न सुरूआत गरिएको हो।यस पुस्ताकालय तथा संङ्ग्राहलयले तामाङहरूको पोशाक,बाजा र एतिहासीक पहिचानसँग सम्बन्धित कुनै पनि कुरा तथा सामानहरू संकलन गरिने भएको छ।तामाङ समुदायको बारेमा भएका पुराना दस्तावेज र तामाङ समुदाय भित्रको लिपीलाई समेत संकलन गरिने उहाँले बताउनुभयो।
संसारभरी छरिएर रहनु भएको तामाङहरूको लेख रचना,इतिहास, साहित्य,अडियो भिडियो सीडी क्यासेट र किताबहरू पठाइ पुस्तकालय निमार्ण गर्नको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो।पुस्ताकालय तथा संङ्ग्राहलय सबैको पहुँच योग्य हुने भएकाले पनि तामाङ समुदाय भित्रको कला र सस्कृतिलाई आम नागरिक सम्म पुयाउने लक्ष्य राखिएको छ।
तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू प्रकाशन गर्ने र आवश्यक बिदामा पुरस्कृत गरी नयाँ पुस्तालाई तामाङ जातिको सम्पूर्ण पक्षको बारेमा थप गहन अध्ययन लिश्लेषण गर्ने उत्प्रेरणाको सोचले यो पुस्ताकालय तथा संङ्ग्राहलयको सुरूआत गरिएको छ।
तामाङहरूको इतिहास धर्म कर्म र साहित्यको संरक्षण वा अभिलेख राख्ने उदेश्यले यसको सुरूआत गरिएको हो।हरेक बर्ष यस पुस्ताकालयले तामाङहरूले गरेका साहित्य,सस्कृति,इतिहास र अन्य कार्यको मूल्याङ्कन गरी हौसला बढाउन पुरस्कारको ब्याबस्था गर्ने भएको छ।हरेक बर्ष संसारभरीको तामाङहरूको साहित्य र खोजमुलक लेख रचनाहरू सङ्कलन गरी वार्षिक प्रकाशन गर्नेछ र यसमा सबै बिधालाई समेटिने छ भने यो पुस्ताकालय तथा संङ्ग्राहलयको वार्षिक मुखपत्र बनिने छ।यस पुस्ताकालय तथा संङ्ग्राहलयले वार्षिक कार्यक्रम गरी सम्मान पुरस्कार र आवश्यता अनुसारको खोजमुलक कार्यलाई सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो।
तामाङ समुदाय भित्रका खोजमुलक एवम अनुसन्धान मुलक सामाग्री अन्य प्रकासित सबै किसिमको क्रितीहरु पठाउन समेत आग्रह गर्नुभयो।आफनै पहलमा र व्यवस्थित ढंगबाट पुस्तकालय सञ्चालन गर्नको लागी आफनै ब्यावस्थापन तथा खर्चमा सो कार्य गर्ने साहित्यकार योञ्जनले बताउनुभयो।कला सस्कृति र सम्पदालाई आफना सन्तती सम्म जोगाएर आम तामाङ समुदायको कला लाई स्वदेश तथा विदेश सम्म पुर्याउनको लागी आफुले पुस्तकालय एवम् सग्रालयका साथै बेव साइट समेत सञ्चालन गरेर प्रविधिको पहुँचमा समेत पुस्तकालय पुर्याउने उहाँले बताउनुभयो।सबैको लेख रचनाको जानकारी संसारभरीबाट इन्टरने्टको माध्यमबाट सबैलाई सजिलै पहुँच योग्य बनाइने समेत उहाले बताउनुभयो।
प्रतिक्रिया