आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:१६
वासिङटन डिसी 08:31

छठ पर्व वॉशिंगटन डीसी अमेरिका !

इनेप्लिज २०७८ कार्तिक २१ गते २१:१४ मा प्रकाशित

अमेरिका।नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्र र भारतको बिहार,ऊत्तर प्रदेश ,बंगाल र अन्य केही स्थानहरूमा श्रध्दा एवं भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ।

संसार बाट अमेरिका आएका खास गरी नेपालका विभिन्न जिल्ला तराई, मधेश, काठमांडू एवं भारत का उत्तरी राज्य हरू बाट यस वाशिंगटन डीसी मेट्रो एरियामा बसोबास गरिरहनु भएका हिन्दुधर्मावलम्बीहरुको भोलि बिहान सोमबारको दिन बाट अमेरिकाका विभिन्न राज्यहरु सहित वॉशिंगटन डीसी मा पनि कार्तिक शुक्ल चर्तुथि तिथिबाट छठ पर्व विधि पूर्वक पूजा कार्यको शुभारम्भ हुन्छ।

छठ पर्व संसारभरिका हिन्दू धर्मावलम्बीहरु एवं विशेषगरी नेपाल र भारतका हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो यस पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी भगवान सूर्यको पुजा र अर्पण गरेर पुत्र,पुत्री,पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।यस पर्वको अवसरमा यसवर्ष सोमवार चतुर्थी “नुहाउने खाने” देखि मंगलवार पञ्चमीका दिन “खरना” व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध,चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ।कार्तिक महिनाको शुक्लपक्षको षष्ठी तिथिका यस वर्ष बुधवार को दिन अस्ताउँदै गरेको सूर्यको पूजा एवं बिहीबार बिहानको उदाउँदै गरेको सूर्यको पूजा गरे छठ पर्व मनाउने कुरा एसोसिएशन ऑफ नेपाली ताराइन अमेरिका एन्टा (ANTA) का अध्यक्ष मोहन कुमार यादव ले जानकारी गराउनुभयो।साथै केन्टकी ओहायो राज्यमा पनि सोहीअनुसार धुमधामले छठ पर्व मनाउने कुरा ANTA का Senior Vice-President कुशेश्वर मंडल जीले बताउनुभयो।

चार दिन सम्म हुने छठ पर्व विधिपूर्वक पूजा गरे तथा ब्रत बसेमा कामना अनुसारको भाकल पूरा हुने विश्वास राखिन्छ।छठ व्रतमा शारीरिक र मानसिक दुबै रूपबाट शुद्ध हुनुपर्दछ।छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ।परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजा सहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ।छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अग्नि पुराणका अनुसार चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती,द्रौपदी सहित पाण्डवले यो व्रत गरेको महाभारतमा वर्णन गरिएको पाइन्छ।त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ।

नेपाल एउटा कृषि प्रधान देश हो र नेपालमा मनाइने प्रत्येक चाडपर्वहरु झै यो छठ पर्व हाम्रो कृषिमाने आधारित छ।यस पर्वमा पूजाको लागि प्रयोग गर्ने सरसामान र खाद्यान्नहरु आफ्नै घरबारि र खेतबाट उत्पादन गरी भगवानलाई भोग लगाउने गरिन्छ।सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरु यस पर्वमा उपस्थित भईदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु।

अन्टा अध्यक्ष मोहन कुमार यादव

अमेरिकामा मनाउने छठपर्वको तालिका यस अनुसार रहेको छ।

Invitation to join and celebrate this joyous festival (Chhatt Pooja) Washington DC America.
Please Join us on:

Time  :

11/10/2021 evening 3 PM to 4:59 PM and
11/11/2021 morning 5 AM to 6:48 AM

Location

Algonkian Regional Park

47001 Fairway Drive Sterling VA 20165

Mohan Kumar Yadav
ANTA President
Association of Nepali Teraian in America

प्रतिक्रिया