सखी प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मघर, डिल्लीबजार, काठमाडौंमा गत २०७८ कात्तिक १८ गते ११३ औं देवकोटा जयन्तीको अवसमा आयोजना गरेको विशेष कार्यक्रम देवकोटाको योगदानबारे विशेष चर्चा र कविता वाचन सम्पन्न भयो।
सो कार्यक्रममा बन्न लागेको सँङग्रहालयको बारे विशेष छलफल गरिएको थियो।साथै महाकविको जन्मघरलाई पनि तत्काल संरक्षण गरिनु पर्ने र सम्बन्धित निकायले चासो देखाउनु पर्ने चर्चा भएको थियो।साथै महाकविका कृतिहरुको पूनर्मुद्रण गर्नु पर्ने,विभिन्न भाषामा अनुवाद गरिनु पर्नेसमेत उल्लेख गरिएको थियो।
सखी प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा कुलपति उप्रेतीले महाकविको योगदानको चर्चा गर्दै महाकविको बन्दै गरेको सङग्रहालयबारे लामो चर्चा गर्नु भएको थियो।
यसैगरी कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष प्राज्ञ मातृका पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका उपाध्यक्ष प्राज्ञ बाबा बस्नेत,साहित्यिक पत्रकार संघ पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रमोद प्रधान, दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, महाकविका परिवारहरु राजु देवकोटा, नवीन देवकोटा, उमेश देवकोटालगायतले देवकोटाको योगदानबारे चर्चा गर्नु भएको थियो।
कार्यक्रममा कुलपति उप्रेती, मन्जिला अनिल, राधेश्याम लेकाली, महाकविकी छोरी अम्विकादेवी रिमाल, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ बाबा बस्नेत, नरेन्द्रबहादुर श्रेष्ठ, प्रमोद प्रधान, रामप्रसाद पन्त,अम्बिका रिमाल,एल्सा झा, रुपा पौडेललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
सोही कार्यक्रममा कविहरु शान्ति रिसाल,शशी थापा,मुरारी सिग्देल,पूण्य घिमिरे,कमला रिसाल,पारु तिमिल्सिना,गोपाल नेपाल,मिथिला देवकोटालगायतले
आआफ्नो कविता वाचन गर्नु भएको थियो।
कार्यक्रममा सखी प्रतिष्ठानकी कोषाध्यक्ष मेनुका लामा सदस्य आरती राना,सानु थापा,विनोद पौडेल, हरिकृष्ण श्रेष्ठ, टेकबहादुर इङनाम, व्युटी श्रेष्ठ, अनिलनाथ उप्रेती,उमेश देवकोटा,रामप्रसाद देवकोटा,सन्तोष देवकोटा,कृष्णा देवकोटा,अनिता देवकोटा,नविन देवकोटालगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया