आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

इनेप्लिज २०७८ कार्तिक १९ गते १०:१७ मा प्रकाशित

 

काठमाडौं।ख्याति प्राप्त स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ।लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन्।

‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो।सबैको मनमुटुमा बस्न सफल गायक कुमार कान्छाको अन्तिम निशानीको रुपमा संगीतकार आलोकश्रीले यो गीत ल्याएका हुन्।

शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक शैलीमा छ।गीतमा प्रेमीकाको प्रसंसा गर्दै प्रेमीले उनीलाई खोज्ने आफ्नो मनको भावना ब्यक्त गरेका छन्।

आमुल कार्कीढलीको संगीत संयोजना र गुन्जन रेकडिङ स्टुडियो रेकर्ड भएका गीतको भिडियो पनि निर्माण भएको छ।भरपुर प्रकृतिक सौदर्य समेटिएको,प्रेमको थिममा तयार गीत संगीतकार आलोकश्रीले आफ्नै नामको युट्युव च्यालबाट बाहिर ल्याएका हुन्।

आधुनिक गीतको अलवा ‘बतासैले उडाइ लग्यो माया मेरो’,‘जिन्दगीको के भर छ र’जस्ता नेपाली फिल्ममा समेत थुप्रै हिट गीत दिएका कुमार कान्छ बलिउडका समेत ख्याति प्राप्त गायक रहेको थिए।एक समय उनको बलिउडमा राज थियो। उदीतनारायण झा बलिउड भित्रिएपछि भने कुमार कान्छाको बलिउड क्रेज केही खस्किएको थियो।

श्रोताहरुका मनका ढुकढुकी कुमार कान्छाको सम्मान स्वर आफुले उनको अन्तिम गीत बाहिर ल्याएको संगीतकार आलोकश्रीले बताए।गीत सबैले रुचाउने उनको विश्वास रहेको छ।

प्रतिक्रिया