बारमा अधिवक्ता बीच हानाहान भएपछी कालो कोटको साटो पेटिकोट लगाए हुन्छ भन्दै गर्जिएका राजावादी सकुल शाहले खोले भित्री रहस्य

इनेप्लिज २०७८ कार्तिक १८ गते ९:४३ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच गत शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार दिउसो दुई वकिल,विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो। यसअघि चुँडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए।

प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइ लागेका हुन्। परिसर भित्रै दुबैले हानाहान गरेका थिए। न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बाहिष्कारको विरूद्धमा छन । यही बिषयमा राप्रपा का केन्द्रिय सदस्य सकुल शाहले आफ्नो बिचार राखेका छन ,हेरौ भिडियोमा।

प्रतिक्रिया