काग तिहारमा रमेश दुलालको १८ औं काग सम्मेलन

इनेप्लिज २०७८ कार्तिक १७ गते १०:३५ मा प्रकाशित

कात्तिक १७, काठमाडौं। बिगत १८ बर्ष देखी काग तिहारको अवसर पारेर काग सम्मेलन गर्दै आउनु भएका कलाकार रमेश दुलालले यसबर्ष पनि १८ औं काग सम्मेलन गर्नुभएको छ।काठमाडौंको शान्तिबाटिका गेट,रत्नपार्कमा बिहान ६ बजे काग तिहारको अवसर पारेर काग सम्मेलन गर्नुभएको हो।रमेशले आफ्नो मुखबाट कागको आवाज निकालेर काग जम्मा पार्नुभएको थियो ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको १८ औं बृहत काग सम्मेलन कार्यक्रमलाई ग्रिनसिटी हस्पिटल बसुन्धराले सौजन्य सहयोग गरेको थियो।मुखबाट १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गी, तथा बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामना सहित काग सम्मेलन गरेको बताउनु भयो ।

प्रतिक्रिया