अक्टोबर ३१, २०२१ । अनेसास उत्तर अमेरिका क्षेत्रिय समितिद्वारा यस क्षेत्रमा मासिक रूपमा गरिदै आएको च्याप्टर विशेष कार्यक्रमको तेर्ह्रो श्रृंखलामा च्याप्टरहरू, केन्द्र तथा बिओ टी पदाधिकारीहरूको बीच लक्ष्मी जयन्ती बिशेष रचना वाचन तथा शुभकामना आदान प्रदान गरेर कार्यक्रम सम्पन्न गरेको छ।
अनेसासले आफ्ना च्याप्टरहरूलाई केन्द्रसँग निरन्तर जोडने अवधारणा अन्तर्गत यस पटक केन्द्रीय प्रतिनिधिहरू र ट्रस्टी परिषदका प्रतिनिधिहरू माझ अनेसास उत्तर अमेरिका भित्र पर्ने विभिन्न १६ च्याप्टरहरुका स्रष्टाहरू जोडिएर शुभकामना सहित आअफ्ना रचना वाचन गरेका थिए।
अनेसास केन्द्रका बरिषट उपाध्क्ष गोबर्धन पुजाको स्वागत मन्तव्य तथा बीओटी उपाध्यक्ष पदम बिस्वकर्माको शुभकामना बाट अगाड़ी बढेको उक्त कार्यक्रममा सीयाटल – वाशिंगटन बाट जोडिनु हुने साहित्य प्रेमी श्रष्ठा मोहन गुरुंग, जस्ले वासिंगटन राज्यको स्कूल पाठ्यक्रममा दोस्रो भाषा नेपाली लिन पाउने बनाउन पहल गर्नु भएको थियो, ले महाकवि देवकोटा बारे छोटो जानकारी राख्नु भएको थियो भने भर्जीनिया बाट जोड़ीनु हुने साहित्यकार प्रा. हरी घिमिरेले देवकोटाको मुनामदन र डायस्पोरिक साहित्य चेतना बारे मिठो बिष्लेशन राख्नु भएको थियो।
कार्यक्रममा उपस्थित अनेसासका संस्थापक अध्यक्ष होम नाथ सुबेदी, पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार मोहन सिटौला, बीओटी कोषाध्यक्ष राम लामा अभिनासी, ट्रस्टीका सल्लाहकार रोहिणी शर्मा, ट्रस्टीका कार्यसमिति सदस्य तीर्थ अधिकारी, अनेसास केन्द्रीय सचिव बिमला निरौला, तथा केन्द्रीय सदस्यहरु तारा अधिकारी, निजानंद मल्ल, माया गुरुंगले शुभकामना मन्तव्य सहित रचना वाचन गरे र महाकवि प्रति श्रद्धा अर्पण गरेका थिए।
तेसैगरी च्याप्टर अध्यक्षहरु राजु सिटौला, तारा उप्रेती, उर्मिला निर्दोषी, रोहित चन्द्र भंडारी, तिलक कार्क़ी लगायत विभिन्न च्याप्टर उपाध्यक्षहरु तथा पदाधिकारीहरु रजनी श्रेष्ठ, सम्झना आचार्य, गीता बजगाई, अंजना न्युपाने, राम बिस्व, रबिंद्र भक्त श्रेस्ठ, लक्ष्मण नेऊपाने, राजन महर्जन, इश्वरी भट्ट, राजेन राई, मनीषा शर्मा आदिका साथै च्याप्टर सल्लाहकारहरु डन कार्की, बिलोल पोखरेल आदिले पनि दीपावली शुभकामना सहित आअफ्ना रचना वाचन गरेर देवकोटा प्रति श्रधासुमन अर्पण गरेका थिए।
नेपाली भाषा तथा साहित्यको संरक्षण र संवर्धनको अभियानमा निरन्तर अगाडि बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका उत्तर अमेरिका क्षेत्रीय समितिले आफ़नो क्षेत्रमा साहित्य सिर्जनाको प्रवर्धनसंगै आपसी सम्बन्धलाई सुदृढ र बलियो बनाउने उदेश्यका साथ नियमित रचना बाचनका श्रृङ्खलाहरू र कार्यशाला गोष्ठीहरू आयोजना गर्दै आएको छ ।
न्यूयोर्क़ च्याप्टर अध्यक्ष शकुन ज्ञवालीद्वारा संचालन गरिएको उक्त लक्ष्मी जयन्ती विशेष कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष तथा उत्तर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण इनेप्लिज अनलाइन मिडियाले आफ़नो फ़ेसबुक च्यानलबाट गरेको थियो ।
प्रतिक्रिया