मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित ‘सान्नानी’ (भिडियो सहित)

इनेप्लिज २०७८ कार्तिक १५ गते १३:५४ मा प्रकाशित

 

मनोवादको शब्द,संगीत र आवाज रहेको ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन्।

सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।भिडियोमा लक्ष्मी बर्देवा,सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ।

निशल पौडेलले दृश्य कैद गरेको भिडियोलाई हाइलाइट्स् नेपालको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ।

प्रतिक्रिया