सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा गत शुक्रबार फरक माहौँल देखियो।जहाँ दिनभर फिल्म,गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको बाक्लो उपस्थिती देखिएको थियो।नयाँ पुराना कलाकार, सञ्चारकर्मीसँगै समाजसेवामा होमिएका धेरैलाई एकैसाथ यसरी भेला हुने अवसर जुराईदिएको हो, ‘हिमानी ट्रस्ट’ले।
पछिल्लो समय सामाजिक काममा निक्कै सक्रिय ‘हिमानी ट्रस्ट’ले तिहार र छठको उपलक्ष्य पारेर सोल्टीमा चियापान कार्यक्रम आयोजना गरेको थियो।उक्त कार्यक्रममा कला,खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई निम्त्याइएको थियो।पूर्वराजा ज्ञानेन्द्र शाह,पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी,पारस र हिमानी पुत्र हृदयन्द्र उपस्थित कार्यक्रममा पूर्वरानी कोमलको उपस्स्थिति भने देखिएन।
यही बिषयमा रहेर राप्रप्रा का केन्द्रिय सदस्य सकुल शाहले केहि रहस्य खोलेका छन।यस्तो हुनु सबै पुर्व राजाको सकृय हुनुको कारण हो भन्ने प्रश्न गर्दा उनले वातविकता सबै खुलाए हेरौ भिडियोमा
प्रतिक्रिया