रचना,संगीत,तथा स्वरको त्रिवेणी हो गीत

सुरेन उप्रेती अटवा क्यानडा २०७८ कार्तिक १४ गते १:५४ मा प्रकाशित

 

शुक्रवार,अक्टोवर २९,२०२१,तदनुसार शनिवार, कार्तिक १३गते,२०७८ का दिन स्रस्टा साँझ अमेरिकाले “रचना संगीत तथा स्वर”कार्यक्रमको आयोजना गर्यो। भर्चुवल माध्यमबाट भएको सो कार्यक्रममा रेडियो नेपालका पूर्व निर्देशक तथा गीतकार राधाकृष्ण काफ्ले,रेडियो नेपालका पूर्व कार्यकारी उपनिर्देशक एवंम बरिष्ठ गायक राजेन्द्रप्रसाद शर्मा(रविन शर्मा),¬¬¬¬¬ त्यस्तै रेडियो नेपालमा लामो समय सम्म योगदान पुर्याउनु हुने हजारौँ गीतका संगीतकार नारायण वलीको आतिथ्यमा उक्त कार्यक्रम भएको थियो।

स्रष्टा साँझ अमेरिकाको फेसबुकमा लाईभ प्रसारण भएको उक्त कार्यक्रममा संसार भरीबाट थुप्रै दर्शक र श्रोताहरूको सहभागिता रहेको थियो।“रचना संगीत तथा स्वर” सुन्दर गीतका अपरिहार्य तत्वहुन।यी सबै एकअर्काका परिपुरक छन्।यी तीन नदीको त्रिवेणीबाट मात्र सुन्दर समुन्द्रको परिकल्पना गर्न सकिन्छ। वर्तमान समयमा रचनाकार र संगीतकारहरू ओझेल पर्दै गएको अवस्था छ।धरै गीतकार र संगीतकारलाई श्रोताहरूले चिनेको हुँदैन।हुँदा हुँदा गायक र गायिकाहरूलाई नायक र नायिकाहरूले विस्तापित गर्न अवस्था सीर्जना भएको छ।यो अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ।अर्थात ती गुमराहमा रहेका सर्जकहरूलाई श्रोता सामु परिचित कसरी गराउन सकिन्छ।भन्ने सोचबाट नै यो कार्यकक्रमको शुरूवात भएको हो।कार्यक्रकमका सहज कर्ता द्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापाले कार्यक्रमलाई अगाडि बढाउने क्रममा प्रकाश पार्नु भयो।

गीतकार राधाकृष्ण काफ्लेको परिचयबाट अगाडि बढेको कार्यक्रममा गीत लेखनको शुरूवाती अवस्था,पहिलो गीत साथै संगीतकार नारायण वली र गायक रविन शर्मा सँगको परिचयका बारेमा प्रकाश पार्नु भएको थियो।रेडियो नेपालका समकालीन त्रयहरूका मिठा मिठा अनुभूतिहरू सुनाउनु भएको थियो।गायक रविन शर्माले गायन क्षेत्रमा प्रवेश गर्दाका असजिला पलहरूको अनुभव सुनाउनु भयो।तात्कालिन समयमा गीत रेकर्डिंङ गर्नका लागि लामो समय कुर्नु पर्ने।रेकर्डिङ म्यूजिक नेपालमा मात्रै हुने ईतिहासको यथार्तलाई सुनाउनु भयो।संगीतकार नारायण वलीले कहिले धुलिखेमा त कहिले किर्तिपुरमा गएर संगीत भर्दाका मिठा मिठा पलहरूलाई प्रस्तुत गर्नु भयो।

कार्यक्रममा राधाकृष्ण काफ्लेले रचना गर्नु भएको र नारायण वलीले संगीत भर्नु भएको गीतलाई रविन शर्माले गाएर सुनाउनु भयो।नारायण वलीले पनि भर्खरै संगीत भरेका र पुराना गीतहरू गाएर कार्यक्रमलाई संगीत मय बनाउनु भयो।नेपालीहरूको महान चाड लक्ष्मीपूजाको शुभकामना आदान प्रदान भयो।यो कार्यक्रम लक्ष्मीजयन्तिको पूर्वसन्ध्यामा भएको हो।कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा देवकोटा द्वारा रचना भएको र रन्जित गज्मेरले संगीत भर्नु भएको नेपाली चलचित्र वासुदेवको कालजयी गीत कुन मन्दिरमा जान्छौ यात्रीलाई गायक रविन शर्माले गाएर सुनउनु भयो।

कार्यक्रममा सन्सारका बिभिन्न ठाउँबाट जोडिएका संगीतप्रेमीहरूलाई समेत बिभिन्न प्रश्नहरू सोधेर सहभागि गराइएको थियो।कार्यक्रमको आकर्षक व्यानर बनाएर सहयोग गर्नु हुने गीतकार तथा संगीतकार राजकुमार बगरलाई सुनिता बस्नेतले आभार सहित धन्याबाद दिनुभयो।

कार्यक्रमको अन्त्यमा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षितले गीतकार,संगीतकार, तथा गायकलाई धन्यबाद दिनु भयो।देश विदेशबाट कार्यक्रममा सहभागीहुनु हुने श्रोता तथा दर्शक र सहजकर्ता द्वयलाई पनि धन्यवाद दिनु भयो।

सुरेन उप्रेती अटवा क्यानडा

प्रतिक्रिया