साहित्यकार दिलिप योञ्जन र लक्ष्मी तामाङ द्धारा एक थान कम्युटर सहयोग

इनेप्लिज २०७८ कार्तिक १२ गते २१:३९ मा प्रकाशित

विराटनगर।अमेरिकामा रहेर पनी नेपाली साहित्य एवम समाजसेवामा सक्रिय गीतकार दिलिप योञ्जन तथा लक्ष्मी गुुरुङ तामाङबाट प्रबिधि मैत्री सिकाई÷अभ्यासका निम्ति,श्री सृजना आधारभुत बिद्यालय,मिक्लाजुङ– १,सानोसफेवा मोरङका लागी एकथान कम्युटर प्रदान गरि सहयोग गर्नुभएको छ।

भोजपुर देउरालीमा जन्मिनुभएका योन्जनले शिक्षा बाट बञ्चित बालबालिकाको लागी विभिन्न समयमा आफनै लगानीमा छात्रबृति प्रद्धान गर्नुभएको छ।बर्तमान अवस्थामा प्रविधिको उपयोग गरेर ग्रामिण स्तरमा भएका बालबालिकाले पनी सहज रुपमा अध्ययन गर्न सकुन भन्ने अभिप्रायले सहयोग गरेको उहाँले बताउनुभयो ।यस कार्यका लागी सहयोग गर्ने संगीतकार राजेश थापा,विद्यालयका लागी भलो चाहने र विद्यार्थीको लागी जती सकिन्छ सहयोग गरौ भन्ने भावना बोकेका साहित्यकार हेमन यात्री सहयोगबाट नै आफुले विद्यालयको लागी सहयोग गरेको उहाँले बताउनुभयो।

गीतकार योञ्जनका हालसम्म योन्जनका प्रकाशित पुस्तकहरु गाउँबेसिमा फूलै फुल्यो,मान्छेहरूको भीडमा,अमर,अविरल आदी छन् भने,अनुराग,आफ्नै छायाले, अमुल्य र अनुपम गीति एल्बम प्रकाशित÷प्रसारित छन्।

प्रतिक्रिया