आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:२२
वासिङटन डिसी 09:37

अमेरिकामा एकै दिनमा ७१ हजार कोभिड-१९ बाट संक्रमित, १,३९५ जनाको मृत्यु

इनेप्लिज २०७८ कार्तिक ११ गते १०:४० मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७१ हजार ९ सय ६२ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।

गत अक्टोबर २७ दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण १९ प्रतिशत न्यून भएको छ । न्यूयोर्क टाइम्सले अक्टोबर २८ बिहिबारका दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ७ लाख ४१ हजार २ सय ७७ जनाको निधन भएको छ भने दैनिक औसतमा १५ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत बुधबारका दिन सम्म कूल ४ करोड ५७ लाख १० हजार ८ सय ४३ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ५२ हजार १ सय ३४ मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १९ प्रतिसत घटेको छ ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५७.५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६६.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७९.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६९.१ प्रतिशतले लगाई सकेका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९६.७ प्रतिशत र पूर्ण खोप ८४.८ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड ३५ लाख छ भने १९ करोड ९ लाख ९० हजार ७ सय ५० लाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )दिनेको संख्या १ करोड ४० लाख नाघी सकेको छ ।

प्रतिक्रिया