आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:१४
वासिङटन डिसी 09:29

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीलाई मातृ शोक

इनेप्लिज २०७८ कार्तिक ११ गते ९:४७ मा प्रकाशित

शोक सन्देश

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीलाई मातृ शोक परेको छ।ममतामयी आमा मनमाया सुवेदीको ८३ वर्षको उमेरमा बुधवार बिहान स्वर्गारोहण भएको हो।दुखद खबरले गैर आवासीय नेपाली सङ्घ अमेरिका परिवार स्तब्ध भएको छ।उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना।

१९९५ साल वैशाख १६ गते कास्की जिल्लाको खुदीमा उहाँको जन्म भएको थियो।एक छोरी र चार छोरा गरी स्वर्गीय मनमाया सुवेदीका पाँच छोरा–छोरी हुनुहुन्छ।गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी उहाँको तेस्रो सन्तान हुनुहुन्छ।

गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद् अमेरिका परिवार

अक्टोबर २८ –२०२१

प्रतिक्रिया