बागमतीकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा

इनेप्लिज २०७८ कार्तिक ११ गते १:३९ मा प्रकाशित

काठमाडाै।बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ मुख्यमन्त्री शाक्यले प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नु भएको हो

विश्वासको मत लिने प्रस्ताव माथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो।विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनु भएको हो।

‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’उहाँले भन्नु भयो,‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो। मन्त्रीहरू र दलको बैठक पनि बसियो। यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु।’

नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बन्नु भएकाे थियाे।मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा परेकी थिइन्।उनले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गरेकी थिइन्।

उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिनु भएको छ।

प्रतिक्रिया