आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:५८
वासिङटन डिसी 10:13

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बैठकमा भएको छलफल र निर्णयहरूको सारांश

इनेप्लिज २०७८ कार्तिक ११ गते ०:१८ मा प्रकाशित

अध्यक्ष ज्यु,कार्यसमितिका पदाधिकारी तथा बोर्ड सदस्यज्युहरु र संस्थामा आबद्ध सबै सदस्य ज्युहरू

विषय:गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बैठकमा भएको छलफल र निर्णयहरूको सारांश

अक्टोबर १० तारिक २०२१ मा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चौथो बैठक सम्पन्न भयो।बैठक दूई चरणमा गरिएको थियो।पहिलो चरणमा सचिव तथा आइटी कमिटीको उप-संयोजक अनुप खनालले सचिवालयको र आइटी कमिटीको हाल सम्म भएको प्रगति विवरण पेस गर्नु भएको थियो। साथै महासचिव अन्जन कुमार चौलागाईले परराष्ट्र मन्त्री माननीय नारायण खड्काको संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन आउनु भएको अवसरमा दोहोरो नागरिकता,दोहोरो कर प्रणाली तथा नेपाल भ्रमण गर्दा लाग्ने प्रवेशाज्ञा शुल्क मिनाहा सम्बन्धमा बुझाउनु भएको ध्यान आकर्षण पत्रका सम्बन्धमा जानकारी गराउनु भयो।

करिब २०मिनेट चलेको पहिलो चरणको प्रगति विवरण पछि महासचिवले बैठकलाई दोस्रो चरणमा प्रवेश गराउनु भयो।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समितिको बैठकमा च्याप्टर सभापतिहरूलाई आमन्त्रित सदस्यको रूपमा बोलाउने विषयमा अध्यक्षज्युले यस विषयलाई प्राथमिकतामा राख्दै तीन सदस्य समिति बनाउने जानकारी गराउनु भयो।समितिले सबै पक्षसँग परामर्श गरी सुझाव सहितको अध्ययन प्रतिवेदन अध्यक्षलाई बुझाउने छ।त्यसपछि अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिव ज्युले छलफल गरी यसलाई सकारात्मक टुङ्गोमा पुर्‍याउने जानकारी गराउनु भयो।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति अन्तरगत रहेका टाक्सफोर्सहरुलाई पूर्णता दिने विषयमा बैठकमा छलफल भयो।पहिलो चरणमा सचिवालयमा नाम पठाइएका योग्य र विज्ञ व्यक्तिहरू मध्येबाट तल उल्लेखित टास्क फोर्सहरूमा जिम्मेवारी दिने निर्णय गरियो।

विज्ञान तथा प्रविधि विभाग
संयोजक:डा.माधब पाण्डे

स्वास्थ्य विभाग
संयोजक: डा.प्रकाश श्रेष्ठ

युवा विभाग
संयोजक: मिलन जङ्ग कटवाल
उप संयोजक: प्रबिन खड्का
उप संयोजक: सुमन दवाडी

‘वान एनसीसी वान च्यारेटी’ अन्तरगत अघिल्लो कार्यसमितिले नै पुरा गर्नु पर्ने काम विविध कारणले पुरा हुन नसकिरहेको कामलाई निरन्तरता दिन वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तको प्रस्ताव गर्नु भयो।अघिल्लो कार्यकालमा आफै संयोजक भएर सुरु भएको सो अधुरो काम यस पटक पुरा गर्न मौका दिनु पर्ने वरिष्ठ उपाध्यक्ष पन्त ज्युको मागमा सबैको सहमति भयो।गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सहयोगमा नेपालको सल्यान जिल्लाको कुमाख गाउँपालिकामा निर्माण सुरु भएको ‘मिनी प्रसूति गृह’ निर्माणको चरणमा छ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को रकम निकासा र विनियोजन सम्बन्धमा एक रुपता बनाउनको लागी
कोषाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति निर्माण गर्ने निर्णय गरियो

एमसीसीका सम्बन्धमा

एमसीसी जटिल विषय भएको हुनाले यस सम्बन्धमा बृहत् रूपमा छलफल गरी थप अध्ययन पश्चात् मात्रै यस विषयमा एजेन्डाको रूपमा पछिल्ला बैठकहरूमा समावेश गरी छलफल गर्ने निर्णय गरियो।

अन्जन कुमार चौलागाई
महासचिव,गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति अक्टोबर २७–२०२१

प्रतिक्रिया