आइतबार, मंसिर १९ २०७८
काठमाडौं १८:५७
वासिङटन डिसी 08:12

ट्रम्पका सहयोगी तथा फ्लोरिडाका अमेरिकी सांसद म्याट गेट्सलाई मार्ने धम्कि दिने व्यक्ति पक्राउ

इनेप्लिज २०७८ कार्तिक १० गते २२:५४ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका बिशेष सहयोगी र हिमायती फ्लोरिडा राज्यका तर्फबाट रिपब्लिकनका अमेरिकी सांसद म्याट गेट्सलाई मार्ने धम्कि दिने व्यक्तिलाई पक्राउ गरिएको छ ।

उनि अमेरिकी वकिल हुन् भने हाल फ्लोरिडा राज्यको क्षेत्र संख्या १ का जन प्रतिनिधि हुन् । उनि सन् २०१७ देखि अमेरिकी सांसदमा त्यस क्षेत्रको जनताको लागि सेवा गरि रहेका छन् । उनो पुरा नाम म्याथ्यु लुइस गेट्स द्वितीय हो भने उनलाई म्याट गेट्स भनेर चिनिन्छ ।

उनलाई  क्यालिफोर्नियाका एक व्यक्ति गेट्जलाई ज्यान मार्ने धम्की दिएकोमा पक्राउ परेका छन् । उक्त व्यक्तिलाई जनवरीमा अमेरिकी सदनमा भएको दंगाको केही दिन पछि प्रतिनिधि म्याट गेट्जलाई मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको छ, अदालतको अभिलेखले देखाउँछ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

५८ वर्षीय युजीन हुल्सम्यानलाई गत हप्ता लस एन्जलस क्षेत्रमा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। उनीमाथि गत मे महिनामा फ्लोरिडाको संघीय अदालतमा अभियोग लगाइएको थियो।

थाउजेन्ड ओक्सका हुल्सम्यानलाई जनवरी ९ मा फ्लोरिडा रिपब्लिकन कार्यलयमा दूरभाष गरेर गेट्ज र उनको परिवारलाई धम्की दिएको अभियोग लगाइएको छ।

अभियोगले हुल्सम्यानको लक्ष्य गेट्स मात्र भएको देखाएको छ भने तर गेट्जका प्रवक्ताले केवल जन प्रतिनिधि (कंग्रेसम्यान )लाई मात्र धम्की गरिएको पुष्टि गरेका छन्।

अदालतको अभिलेखमा हुल्सम्यानले कुनै वकिल राखेका छैन भनि समाचारमा उल्लेख छ । उनी आगामी शुक्रबार पेन्साकोला, फ्लोरिडाको संघीय अदालतमा उपस्थित हुने कार्यक्रम छ।

प्रतिक्रिया