पल शाह र गायिका समीक्षा ले गरे विवाहको लिखित सम्झौता,खुशी किन छैनन पल ? यो कस्तो बाध्यता ? (भिडियो सहित

इनेप्लिज २०७८ कार्तिक ८ गते २३:२० मा प्रकाशित

 

नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धले फिल्मी बजार तातेको छ।उनीहरुको सम्बन्धले नयाँ मोड लिएको सनसनीपूर्ण खुलासा नेपालको एक चर्चित अनलाइन न्यूज पोर्टलले गरेको छ।

नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन्।उनीहरूको डर एउटै छ, आफूहरूबीचको अन्तरंग सम्बन्धबारे सोधिनसक्ने प्रश्न ।करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो।

तर,सार्वजनिक चर्चामा आइसकेको थिएन।अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन।उनीहरू दुवैले बोल्न नचाहे पनि वा अस्वीकार गरे पनि एक–कान दुईकान हुँदै छ्याप्छ्याप्ती भइसकेको छ।हिजो एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रममा उनीहरूको सम्वन्धबारे प्रश्न उठाइएपछि सामाजिक सञ्जालमा धेरैले जिज्ञासा व्यक्त गरिरहेका छन्।

दुवैजना पब्लिक फिगर भएको हुँदा यसबारे सरोकार राखिनु अस्वभाविक होइन।आखिर के हो त वास्तविकता ? हामीले केही खोजिनीति गरेका छौं ।नायक पल शाह (वास्तविक नाम पूर्णविक्रम शाह) ले सिने नगरीभित्र ‘प्ले ब्वाइ’ छवि बनाएका छन्।चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ।

पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन्।जानकारहरूका अनुसार ६–७ महिना अघिदेखि वर्षदेखि पल र समीक्षानिकट भएका हुन्।यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन्।

यसको सबै वास्तविकता उनीहरूले नै जान्ने कुरा हो।तर,धेरैवटा विश्वसनीय स्रोतले हामीलाई दिएको जानकारीको समष्टी यस्तो छ:-६ महिना अगाडि युट्यूवमा रिलिज भएको ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा पल र समीक्षा नजिकिए।खेम सेन्चुरी मिलेर गाएको यो गीतको भिडिओमा समीक्षाले पलको जोडीका रूपमा अभिनयसमेत गरेकी छन्।

चितवनमा भएको सुटिङका क्रममा नै उनीहरू ‘रिल जोडी’ बाट ‘रियल जोडी’ बन्न पुगे समीक्षा सँगको निकटतालाई पलले हल्काफुल्कारूपमा लिएका थिए। समीक्षा भने पलसँगको सम्बन्धमा सिरियस हुन थालिन्।उनी पहिल्यैदेखि पलकी फ्यानसमेत हुन्।

उमेरले नाबालिग समीक्षासँगको अफेयर भने पलका लागि महंगो पर्न सक्छ।नाबालिगसँगको सम्वन्धलाई समाज र कानूनले जायज मान्दैन।साथै,पलले सामाजिक कामहरूमार्फत कमाएको ‘रियल हिरो’ को प्रतिष्ठालाई ‘प्ले व्वाइ’ छविले धुमिल पारिरहेको छ।पल शाह भन्छन्– समीक्षाले मलाई अभिभावकको रूपमा लिन्छिन् नेपाल प्रेससँग कुरा गर्दै पलले समीक्षासँगको सम्बन्ध अस्वीकार गरे।आफूले दुई हप्तादेखि यस्तो हल्ला सुनेको तर सत्य नभएको उनको प्रतिक्रिया छ।समीक्षाले आफूलाई ‘अभिभावकका हिसाबले’ लिने गरेको पलले बताए।

 

https://www.youtube.com/watch?v=RpfJ1J7SoPU

प्रतिक्रिया