आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:२४
वासिङटन डिसी 09:39

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट ७२ हजार संक्रमित, १,५०९  जनाको मृत्यु

इनेप्लिज २०७८ कार्तिक ८ गते ९:५३ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७२  हजार ६ सय ४४ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार ५ सय ९  जनाको मृत्यु भएको छ ।

गत अक्टोबर २४  दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २५ प्रतिशत न्यून भएको छ । अमेरिकामा हाल सम्म कूल ७ लाख ३६ हजार १ सय १२ जनाको निधन भएको छ भने दैनिक औसतमा १३ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत आइतबार बार दिन सम्म कूल ४ करोड ५४ लाख २३ हजार ३ सय ६५ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ५४ हजार ३ सय ५९  मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा १९ प्रतिसत घटेको छ ।

अमेरिकामा कूल १४ लाख ५१ हजार ४ सय ५ जनाले कोरोना जाँच गराएका छन् । कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५७.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६६.४ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७९.५  प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६८.९ प्रतिशतले लगाई सकेका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९६.३  प्रतिशत र पूर्ण खोप ८४७  प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड ३४ लाख छ भने १९ करोड ५ लाख ७८ हजार ७ सय ४ लाई पूर्ण खोप दिई सकिएको छ । हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )दिनेको संख्या १ करोड २९ लाख पुगी सकेको छ ।

प्रतिक्रिया