आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:३३
वासिङटन डिसी 09:48

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी-भैलो कार्यक्रमको आयोजना हुदै

नातिबाबु भट्ट २०७८ कार्तिक ८ गते १:३२ मा प्रकाशित

अक्टोबर २४,२०२१,कोलोराडो,अमेरीका-नेपालीहरुले दोश्रो महान चाड दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायहरुले नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ बिभिन्न शहरमा देउसी-भैलो खेल्दै दिपावलीको शुभकामना आदान प्रदान गर्ने भएका छन्।

कोलोराडोमा नेपाली घरको आयोजनामा नेपाली भाषा,संस्कृती,रितीरिवाज तथा भेष भुषाको संरक्षण,सम्बर्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक बर्ष देउसी-भैलो लगायत बिभिन्न सांस्कृतीक कार्यक्रमको आयोजना हुदै आएको छ।यस बर्ष बिशेष गरी नेपाली सास्कृतिक केन्द्रको लागि खरिद गर्न लागिएको प्रोपर्टी अहिले कोलोजिङ प्रक्रिया पुगेको अवस्थामा यथासिघ्र जतिसक्दो धेरै पैसा जम्मा गर्नु परेको र यस अभियानमा सबै नेपालीभाषीलाई जोड्ने अभिप्रायले यहांस्थित सबै संघ-संस्था तथा समाजसेवीहरुको सहयोगमा देउसी-भैलो खेल्न लागिएको हो।

कोलोराडोको सबै क्षेत्रमा बसोबास गर्नुहुने नेपालीभाषी समुदायलाई सगट्ने गरी छुट्टा छुट्टै क्षेत्रमा देउसी-भैलो खेल्न लागिएको संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन्।

यसरी देउसी भैलो खेलिने स्थानहरुमा,

१) नोभेम्वर २ तारीक,मंगलबार (सांझ ६ बजेदेखी १० बजेसम्म) स्थान: Zaika Indian Cuisine, 51 Eire Parkway,Erie CO 80516 लङमन्ट हिमालयन लायन्स क्लब, रक्कि माउण्टेन फ्रेन्ड्स अफ नेपाल,ब्लड डोनर्स अफ अमेरिका र इरीबासी नेपालीभाषी समुदायको प्रत्यक्ष सहयोग र सहकार्यमा लङमन्ट, बोल्डर, ईरी,फेड्रीक,लाफियत लगायतका स्थानमा बसोवास गर्नुहुने समुदायलाई लक्षितगरी Zaika Erie मा खेलिन लागेको कुरा नेपाली घरका संस्थापक अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले बताएका छन्।

२) त्यसैगरी कोलोराडोको मध्यभाग ब्रुमफिल्ड,थ्रोन्टन,वोस्टमिनिस्टर,कमर्स सिटी,फेड्रीकहाइट लेक्वुड र डेनवर क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षितगरी सिष्टर ग्रुप कोलोराडो, NRN CO च्याप्टर र INLS CO च्याप्टरको सहयोग र सहकार्यमा देउसी-भैलो खेल्न लागिएको कुरा सिष्टर ग्रुपका संयोजक धन पौडेलले बताएकी छन्।देउसी-भैलो तिन-चार दिनसम्म खेलिन लागेको यस देउसी-भैलो कार्यक्रम घर घरमा गर्न चाहनु हुनेहरुको घर-घरमा गएर तथा केही स्थानहरुमा टोल-टोलमा खेलिने योजना रहेको नेपाली घरका महासचिव वसन्त लम्सालले बताएका छन्।

३) यसैगरी नोभेम्बर ३ तारिक,बुधबार (सांझ ६ बजेदेखी राती १० बजेसम्म) कोलोराडोको दक्षिणी क्षेत्र अरोरा,सेन्टीनियल,पार्कर क्षेत्रमा बसोवास गर्ने समुदायलाई लक्षितगरी Arboretum Clubhouse, 4895 S Tibet St, Aurora CO 80015 मा देउसी-भैलो खेल्ने कार्यक्रम रहेको छ।अरोरा तथा सेन्टीनियलबासी नेपालीभाषीहरुको सहभागीता र सहकार्यमा खेलिने यस देउसी भैलो कार्यक्रमलाई सफलताका साथ संम्पन्न गर्न नेपाली घरका उपाध्यक्ष जगदिशचन्द्र ढकालको संयोजकत्वमा १७ सदस्सिय मुल समिती तथा अन्य बिषयगत समितीहरु गठन भएको कुरा उपाध्यक्ष ढकालले बताएका छन्।

4) त्यस्तै ग्रीली, फोर्ट कलिन्स र कोलोराडो स्प्रिङ क्षेत्रका नेपालीभाषी समुदायलाई पनि समेटेर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउनको लागि स्थानिय समाजसेवीहरुसँग समन्वय गर्ने जिम्मेवारी नेपाली घरका अध्यक्ष लछुमन राना र आर्थिक समितिका सल्लाहकार प्रकाश सिटौलालाई दिइएको छ । नेपाली सस्कृती परंपरा अनुसार कार्तिक महिनामा सकेको दानगर्दा ग्रहदशा काटिने तथा पुण्य कमाईने बताईन्छ ।यस्तो अवसरमा आफुले सकेको दानगर्दा खरिद प्रकृयामा रहेको नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग पुग्नुको साथ साथै, यहाँ जन्मे हुर्केका पुस्तालाई हाम्रो रहनसहन,भाषा,सस्कृती तथा भेष भुषाको जानकारी गराउने तथा यहांका स्थानीय बासिन्दाहरुलाई नेपाली भाषा र संस्कृतीको पहिचान गराउन मद्दत पुग्ने कुरा नेपाली घरका सल्लाहकार टिका सिटौलाले बताएका छन्।

कार्यक्रमले मातृभुमी प्रतिको कर्तब्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचाहन गराउने उनको दावी छ।देउसी-भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्यमान्य,कलाकार,पत्रकार,बुद्धि जिवी,ब्यापारी तथा सर्बसाधारण सबैलाई आमन्त्रण गरिएको छ।हाम्रो धर्म, संस्कृती संरक्षण र पहिचाहन गराउन पाईने यस्तो अवसरमा,आयोजकहरुले सकेसम्म सबैलाई आ-आफ्नो जातीय पहिरन लगाई,बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने बताबरण बनाई दिनुहुन आग्रह गरेका छन्।छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ।

-नातिबाबु भट्ट

प्रतिक्रिया