आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:३३
वासिङटन डिसी 08:48

एनओए दक्षिणी क्यालिफोर्निया शाखाले वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको उपस्थितिमा नेपाल सम्बत ,म्ह :पूजा गर्नुको साथै भब्य सम्मान गर्ने

इनेप्लिज २०७८ कार्तिक ८ गते ०:३१ मा प्रकाशित

नेवा अर्गनाइजेसन अफ अमेरिकाको (एनओए) दक्षिणी क्यालिफोर्निया शाखाले वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको उपस्थितिमा नेपाल सम्बत ,म्ह :पूजा गर्नुको साथै सम्मान गर्ने भएको छ ।

क्यालिफोर्नियामा स्थापित उक्त संस्था अत्यन्तै क्रियाशील रहेको छ भने थुप्रै उदाहरणीय सामुदायिक क्रियाकलाप गर्दै आएको छ । शाखाले अमेरिकाको भ्रमणमा रहनु भएका वरिष्ठ हास्य कलाकार,गायक,लेखकलाई उक्त अवसरमा भब्य सम्मान गर्ने जनाएको छ ।

संस्थाले बार्षिक नेपाल सम्बत ११४२ तथा म्ह :पूजा कै मौकामा श्रेष्ठलाई आगामी नोभेम्बर ५ शुक्रबारका दिन सम्मान गर्ने भएकोले सबैलाई सहभागिताको लागि आग्रह गरेको छ। उक्त समारोहको लागि वयस्कलाई २५ डलर तथा १० बर्ष सम्म मुनि उमेरका लागि १० डलर शुल्क लाग्ने छ ।

उक्त समारोहमा सहभागी हुन् आगामी नोभेम्बर ३ सम्म जानकारी गराई सक्नु पर्ने छ । कोभिड-१९ को लागि सिडिसीको मार्ग निर्देशनलाई पालना गर्नु पर्नेछ ।

बिस्तृत जानकारी लिनु परेमा यसमा रहेका व्यक्तिहरु संग सिधै कुरा,संदेश तथा इमेल(बिधुतिय डाक)मार्फत संचार आदान प्रदान गर्न सक्नु हुनेछ ।

 

 

प्रतिक्रिया