सर्लाहीको बलरामा काका पुस्तकालय संचालन

सञ्जय साह मित्र २०७८ कार्तिक ७ गते १३:२२ मा प्रकाशित


सञ्जय मित्र,रौतहट-सर्लाहीको बलरा बजारमा सामुदायिक पुस्तकाल संचालयमा आएको छ।विश्व विकास सूचना दिवसको अवसर पारेर युनेस्को र समुन्नत नेपालको सहकार्यमा काका सामुदायिक सिकाइ केन्द्र बलराले आइतवारदेखि काका पुस्तकालय तथा वाचनालयलाई संचालनमा ल्याएको हो।

एक समारोहबीच बलरा ४ स्थित काका सामुदायिक सिकाइ केन्द्रको कार्यालय परिसरमा केन्द्रका संस्थापक अध्यक्ष कामेश्वर प्रसाद सिंह र बलरा नगरपालिका ४ का वडाध्यक्ष केशव झाले संयुक्त रुपमा पुस्तकालय सर्वसाधारणको लागि खुल्ला भएको घोषणा गरेका छन्।केन्द्रका अध्यक्ष डा.कमलेश्वरकुमार सिन्हाको अध्यक्षतामा भएको कार्यक्रममा युनेस्कोका कविता चौधरी, दीपेन्द्र ठाकुरसहितले मन्तव्य व्यक्त गर्दै पुस्तकालयले सर्वसाधारणको पहुँचमा ज्ञानविज्ञानको पुस्तक र पत्रपत्रिका उपलब्ध गराएकोमा प्रशंसा गरेका छन्।

पुस्तकालयमा दैनिक,साप्ताहिक,मासिक पत्रिकाहरु उपलब्ध हुनुका साथै भाषा, साहित्य र जीवनको विभिन्न क्षेत्रका उपयोगी पुस्तकहरु उपलब्ध रहेको डा. सिन्हाले जानकारी गराएका छन्।पुस्तकालयमा नेपाल र भारतबाट प्रकाशित बज्जिका भाषाका पुस्तकहरुको पनि पर्याप्त उपलब्धता रहेको छ।नेपाली, हिन्दी,अंग्रेजी भाषाका अनेक क्षेत्रका हजारौँ पुस्तक रहेको र आवश्यकताअनुसार अन्य पुस्तक तथा पत्रिकाको व्यवस्थापन गरिने डा. सिन्हाले जानकारी गराएका छन्।

विद्यार्थी र लोकसेवा आयोग लगायत विभिन्न सेवा प्रवेशको लागि तयारी गर्ने नवयुवाका लागि पनि पुस्तकालयमा पुस्तक उपलब्ध रहेका छन् । धार्मिक क्षेत्र तथा सांस्कृतिक क्षेत्रका पुस्तक पनि पुस्तकालयमा उपलब्ध रहेकाले सबै वर्ग र समुदायको लागि आकर्षणको केन्द्र बन्नेमा आफू विश्वस्त रहेको डा. सिन्हाको भनाइ छ ।
कर्मचारी राखेर पछिल्लो चरणमा सर्लाहीमा पुस्तकालय राखिएको यो पहिलो हो । धेरै ठाउँका सार्वजनिक पुस्तकालयमा पाठक नपुगेको अवस्थामा काका सामुदायिक सिकाइ केन्द्रको पुस्तकालय तथा वाचनालयमा पाठकको अभाव नहुने विश्वास रहेको केन्द्रका सचिव संजयकुमार साहले जानकारी गराएका छन् । आगामी दिनमा अझ धेरै पुस्तक तथा पत्रिकाको व्यवस्था गरी पुस्तकालय तथा वाचनालयलाई सबैको लागि प्रशंसनीय बनाउने सचिव साहको भनाइ छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया