राष्ट्रिय गण्डकी म्यूजिक अवार्ड २०७८ ः तगारोबाट सरिता दानकुटी उत्कृष्ट अभिनेत्री, सुवासलाई सम्पादक (जुरी) अवार्ड

इनेप्लिज २०७८ कार्तिक ७ गते १३:१६ मा प्रकाशित

पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ सम्पन्न भएको छ।पोखराको उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा ‘तगारो’ गीतबाट उत्कृष्ट सम्पादन (जुरी) सुबास अँगाई र सोही गीतबाट उत्कृष्ट अभिनय महिलामा सरिता दानकुटीले अवार्ड हात पारेका छन्।तीज पर्वको अवसरमा बजारमा आएको तगारो गीत दर्शक श्रोताको निकै मन परेको गीत हो।

अरु भन्दा फरक कथा बस्तुमानिर्माण भएको भिडियोबाट दानकुटीले अवार्ड हात पारेकी हुन्।पोखरामै रहेर अभिनयको साथै नृत्यको क्षेत्रमा क्रियाशील दानकुटीले दर्जनौं गीतमा अभियन गरिसकेकी छन् भने केही गीतमा समेत नृत्य निर्दशकको भूमीका निभाएकी छन्।यो अवार्डसंगै थप जिम्मेवार र क्रियाशील बनाएको दानकुटीको भनाई छ।उनले तगारो गीत मनपराएर भोट गर्ने,आफ्नो अभियनलाई अब्बल ठान्ने जुरी निर्णायक साथै सबै दर्शकलाई धन्यवाद समेत दिएकी छन्। सुबास अम्गाई पोखरामा बसेर करिब दशक बर्ष देखी पत्रकारीताका साथै भिडियो सम्पादन गर्दै आएका छन्।उनीले गत बर्ष नेश्नल पावर न्यूज म्यूजिक अवार्डबाट समेत उत्कृष्ठ भिडियो सम्पादनको अवार्ड प्राप्त गरेका थिए।उनी फलानो क्रियशनको संचालक समेत हुन्।

प्रतिक्रिया