पदम विश्वकर्माको नविनतम् उपन्यास क्वारेन्टाइनको विमोचन

इनेप्लिज २०७८ कार्तिक ६ गते १८:४७ मा प्रकाशित

आज कार्तिक ५ गते शुक्रबार अनेसास नेपाल च्याप्टरको आयोजनामा उक्त च्याप्टरकी अध्यक्ष संन्ध्या पहाडीको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिले अनेसास केन्द्रका पूर्व अध्यक्ष एबम् साहित्यकार पदम विश्वकर्माको नविनतम् उपन्यास क्वारेन्टाइनको विमोचन गर्नुभयो।उक्त विमोचन समारोहमा एन् आर एन का पूर्व अध्यक्ष जिवा लामिछाने,अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली,अनेसास बी ओ टी का अध्यक्ष गीता खत्री,प्रा डा खगेन्द्र प्रसाद लुइंटेल,लीला लुइंटेल प्रा डा लक्ष्मणप्रसाद गौतम,पुष्कर लोहनी प्रा डा राम प्रसाद दाहाल,प्रतीक ढकाल,कृष्ण धरावासी,बिमला निरौला,राजकुमार बानिया,महेश पौड्याल,बाबा बस्नेत,डा रेणुका सोलु,दीपा राई,राजेन्द्र केसी,सरिता अर्याल,सुमन घिमिरे,मधु पाठक,गीता कार्की,अर्जुन थापा लगायत अनेसास नेपाल च्याप्टरका पदाधिकारीहरुका साथै अन्य विशिष्ट साहित्यकारहरुको उपस्थित थियो।

कोरना कहरबाट गुज्रिरहेको समय र यसले समग्र मानव समाज माथि पारेको प्रभाबका बारेमा लेखिएको उक्त उपन्यास माथि समालोचक महेश पौड्याल र पत्रकार राजकुमार बानियाँको समालोचनात्मक टिप्पणी रहेको थियो।गीता खत्री,प्रा डा लक्ष्मण प्रसाद गौतम,प्रा डा खगेन्द्र प्रसाद लुइटेल,राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।प्रमुख अतिथि गंगा प्रसाद उप्रेतिले उपन्यासका सर्जक पदम बिश्वकर्मालाई बधाई दिदै प्रत्यक बर्ष अमेरिकाबाट नेपाल आउँदा यस्तै साहित्यिक कृति नेपाली साहित्यको फाँटले प्राप्त गर्ने अपेक्षा पनि गर्नुभयो।साहित्यकार सुमन बर्षाले संचालन गरेको उक्त कार्यक्रम करिब २ घण्टा चलेको थियो।

प्रतिक्रिया