टिकटक स्टार सुधिर र बिना यस्तो रोमान्टिक अवतारमा देखा परे

इनेप्लिज २०७८ कार्तिक ६ गते १६:२३ मा प्रकाशित

काठमाडौँ।गायक रबिन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा रहेको गीत माया लाउनै जानिनको म्यूजिक भिडियो बाहिरिएको छ।पेशाले इञ्जिनियर समेत रहेका गायक बर्तौलाकै शब्द र संगीत शृजना रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ।

प्रेम र रोमान्स गर्ने उमेरका युवा युवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथालाई देखाइएको भिडियोमा पछिल्लो पुस्ताका चर्चित टिकटकरद्धय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायांकन बाबु श्रेष्ठले गरेका हुन्।अच्युत बजगाईको सम्पादन रहेको भिडियो हाइलाइट्स नेपालबाट बजारमा आएको हो।हेर्नुहोस् भिडियो

प्रतिक्रिया