आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:१३
वासिङटन डिसी 08:28

मेक्सिकोमा लागुऔषध गिरोहको गोली हानाहानमा परी क्यालिफोर्निया बस्ने भारतीय महिला सहित २ को मृत्यु

इनेप्लिज २०७८ कार्तिक ६ गते ११:५३ मा प्रकाशित

मेक्सिकोमा लागुऔषध गिरोहको गोली हानाहानमा परी क्यालिफोर्निया बस्ने भारतीय महिला सहित २ जनाको मृत्यु भएको छ । उनीहरु मेक्सिको घुम्न गएका र पर्यटक थिए । मेक्सिकोको तुलुम शहरमा भएको लागुऔषध गिरोहको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको हो ।

क्यालिफोर्नियाको सान होजेकी भारतीय पर्यटक महिलाको मेक्सिकोको क्यारिबियन कोस्ट रिसोर्टमा दोहोरो भिडन्तमा परी निधन भएको हो । संचार माध्यमका अनुसार उनको नाम अन्जली रोत नाम भएको खुल्न आएको छ ।

एउटै नाम अन्तर्गत उक्त महिलाको दुईवटा इन्स्टाग्राम खाता खोलेको र आफ्ना तस्बिरहरु २ दिन अगाडी राखेकी थिइन् । उनि हिमाचल प्रदेश भारतकी भएता पनि हाल क्यालिफोर्नियामा बसोबास गर्ने बुझिएको छ ।

मारिएकी एक जर्मन महिला जेनिफर हेन्जोल्डको रूपमा पहिचान गरिएको छ भने यद्यपि उनको गृहनगर तत्काल उपलब्ध भएको छैन ।

संचार माध्यमका अनुसार तुलुम शहरको मुख्य पट्टीको ठीक छेउमा केही बाहिरी टेबुल रहेको सडकको छेउमा रहेको भोजनालयमा गत बुधवार राती गोली चल्दा तीन अन्य विदेशी पर्यटक घाइते भएका थिए।

उनीहरुमा दुई जर्मन पुरुष र एक होल्याण्डकी महिला समेत रहेकी छिन् भनि एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया