आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:३५
वासिङटन डिसी 09:50

फ्लोरिडामा बिरालोको बिषयमा विवाद हुँदा एक व्यक्तिले छिमेकीलाई गोली हान्दा मृत्यु

इनेप्लिज २०७८ कार्तिक ६ गते ११:२१ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा बिरालोको बिषयमा विवाद हुँदा एक व्यक्तिले छिमेकीलाई गोली हान्दा मृत्यु भएको प्रहरी सहायकले जनाएका छन् ।

अधिकारीहरुका अनुसार फ्लोरिडाका ५८ वर्षीय व्यक्तिले आफ्नो छिमेकीको बिरालोको विवादमा आफ्नो छिमेकीको हत्या गरेको आरोप लगाएको एबिसीन्युजले समाचार लेखेको छ ।

५८ बर्षिय क्लिफोर्ड एन्थोनी ब्लिस जूनियरको बिरालो गत बुधवार छिमेकीको आँगन(यार्ड)मा गएकोले क्रोधित भएका थिए भनि ,मेरियन काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।

उनी युमाटिला शहरमा आफ्नो छिमेकीको घरमा गए र बिरालोलाई गोली हान्ने धम्की दिए, अधिकारीहरुले भने। ४१ वर्षीय जेम्स अर्ल्याण्ड टेलर जुनियरले उनलाई बिरालोलाई गोली नहान्न आग्रह गरेका थिए । त्यही बेलामा ब्लिसले टेलरलाई गोली हाने भनि प्रहरीले जानकारी दिएका छन् ।

प्रहरी सहायकहरुले टेलरको घरमा भएकी एक महिलाको साक्षात्कार अन्तर्वार्ता लिएका थिए उनले प्रहरीलाई ब्लिस बिरालोसंग रिसाएका थिए भनिन । जब ब्लिसले ढोका ढकढकाए र टेलरले उनलाई बिरालोलाई गोली नहान्न आग्रह गरेको उनले प्रहरीलाई बताएकी थिइन् ।

टेलरको छातीमा कम्तीमा एक पटक गोली हानिएको अधिकारीहरुले बताएका छन्। ब्लिसलाई कुनै घटना बिना नै प्रहरीले गिरफ्तार गरेको छ भने उनीलाई दोस्रो श्रेणीको हत्या हत्याको आरोप लगाइएको छ ।

ब्लिसलाई म्यारियन काउन्टी झ्यालखानामा धरौटी बिना राखिएको छ भने अदालतको अभिलेखमा उनको कुनै वकिल लिएका छैनन। युमाटिल्ला उत्तरी फ्लोरिडाको उकासा नजिक पर्दछ ।

तस्बिर कृतज्ञता : मेरियन काउन्टी शेरिफको कार्यालय

प्रतिक्रिया