सापकोटा र श्रेष्ठले ल्याए मुक्तक सङ्ग्रह

इनेप्लिज २०७८ कार्तिक ६ गते ०:५७ मा प्रकाशित

२२ अक्टोबर,काभे्र,पनौती,समकालीन साहित्य प्रतिष्ठान,वेलायतको आयोजनामा मुक्तक संग्रह लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।नियात्राकार,समालोचक तथा कवि प्रदीप सापकोटा तथा कवि पूर्णबहादुर श्रेष्ठ‘ह्रदयङकृत’को मुक्तक संग्रह क्रमशः‘मनको वारपार’तथा ’पूणर््ापात्र’को एक भव्य समारोह वीच लोकार्पण कार्य सम्पन्न भएको छ।पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता एवं आयोजक संस्थाका महासचिव तथा समालोचक डा.लेख प्रसाद निरौलाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

प्रमुख अतिथि नगर प्रमुख भीम न्यौपाने,वरिष्ठ साहित्यकार मोहन दुवाल,उपप्रमुख गीता बन्जारा,कवि रामसुन्दर देउजा,वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा,साहित्यकार सूर्यप्रसाद लाकोजु,डासुमन ताम्राकार,शिक्षासेवी रामप्रसाद अधिकारी,तुइकाजी ताम्राकार,इन्द्रप्रसाद अधिकारी,नेरेसो काभ्रेका सभापति नारायण .ढुंगाना सहितले ति कृतिहरु लोकार्पण गर्नुभएको थियो।

समारोहमा प्रमुख अतिथी न्यौपानेले नगरपालिका साहित्यको उत्थानमा सकारात्मक सोचले अघि वढ्ने वताउँदै आवश्यक सहयोग गर्न कहिल्यै पछि नपर्ने बताउनु भयो।अर्का बक्ता साहित्यकार मोहन दुवालले पनौती पुण्य भूमी साहित्यको निम्ती अत्यन्तै उर्वर रहेको यहाँका श्रष्टाहरुले देशभरी नाम कमाएकोमा आफू खुशी भएको बताउँनुभयो।

लोकार्पित मुक्तक संग्रह मनको वारपार वारे टिप्पणी राख्दै समालोचक डा.लेखप्रसाद निरौलाले नेपाली मुक्तक विधामा छोटो,छरितो र विभिन्न विषयमा केन्द्रित रहेर तिखो प्रहार गर्न सक्ने भएकोले मुक्तकलाई सबैले मनपराउने बताउँदै प्रदीप सापकोटाका मुक्तकमा देशप्रेम,ब्यतिथि विरुद्धको आक्रोस, माया प्रेम लगायतका विषयमा लेखिएको राम्रा र पठनिय रहेको बताउँनु भयो ।यसैगरी अर्काे कृति पूर्णपात्रको बारेमा साहित्यकार सूर्यप्रसाद लाकोजुले पहिलो मुक्तक संग्रहबाटै आशावादी हुने प्रशस्त ठाउँ भएकोले मुक्तककार श्रेष्ठलाई बधाई दिनुभयो ।

कार्यक्रममा मुक्तकहरुका श्रष्टाद्धय प्रदीप सापकोटा र पूर्ण बहादुर श्रेष्ठले आआफ्नो लेखकिय मन्तब्य राख्नुभएको थियो भने पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी,पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

प्रतिक्रिया